धरान/  साउन ६ गतेदेखि सञ्चालनहुंदै आएको ग्रीन एण्ड क्लीन धरानअभियानमा नेपालीकांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा ईनरुवानगर प्रमुख केदार भण्डारी समेत सहभागीभएका छन् ।

नेपालीकांग्रेस, सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरानअभियान धरान ८ मापुग्दा ढुंगाना र भण्डारी सहभागीहुनआएकाहुन् ।

नेपालीकांग्रेसकाकेन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवकालागिअतिआवश्यक रहेकाले क्षेत्रीयकार्यसमितिले धरानमाल्याएको एक घर एक विरुवा रोपौं, सरफाई गरौं, डेङ्गो नष्ट गरौंअभियानअत्यन्त सान्दर्भिक रहेको बताएका छन् ।

त्यसैगरी ईनरुवानगर प्रमुख समेत रहेका नेपालीकांग्रेसकाजिल्ला सभापति केदार भण्डारीले धरान डेङ्गुले ग्रस्त भएकाले सर्च एण्ड डिस्ट्रय अभियान समेत सञ्चालनगर्न र धरानलाई सुन्दर,

सफा र हरियालीबनाउन १ नं. क्षेत्रीय समितिले आयोजना गरेको ग्रीन एण्ड क्लीन धरानअभियानमा पार्टीका सबै तह र तप्काका साथीहरु लाग्नुपर्नेबताउंदै अभियानलाई सफलबनाउनआग्रह गरेका छन् ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टीकामाथिल्लो तहका नेताहरु समेत सहभागीभईदिंदाहौसला र उत्साहथपिएको बताउंदै धरानले झेलिरहेको डेङ्गु महामारीलाई उन्मूलनगर्न राज्यको प्रयास पर्याप्तहुननसकेको भन्दै अब पार्टी, नागरिक समाज, सामाजिक संघसंस्था र नागरिक आफैपनि सचेत भएर लाग्नुपर्ने बताएका छन् ।

नेपालीकांग्रेसको एक महिने ग्रीन एण्ड क्लीन धरानअभियान भदौ १० गतेसम्म सञ्चालनहुने सभापतितामाङले जानकारी दिएका छन् ।