सुनसरी/ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो [सिआइबी] ले शर्मालाई पक्राउ गरेको हो।

शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले खुलाएको छैन।

शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन्।

‘उहाँले म्यासेज गरेर मलाई घर [गोल्फुटार] बाटै पक्राउ गरिएको जानकारी गराउनुभएको छ,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।

मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।

शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक रहेकाे छ।

 साभार:सेताे पाटि