सुनसरी/ संखुवासभा कारागारभित्र कैदीको हत्या प्रकरणको छानविन क्रमिक रुपमा अगाडि बढाइएको छ ।

अनुसन्धानकै क्रममा  प्रहरी सहायक निरीक्षक  लक्ष्मी चौधरी आइतबार नै पक्राउ गरिएको छ ।

उनलाई पक्राउ गरी पाँच दिनसम्म हिरातमा राखेर अनुसन्धान गर्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

पीडितले चौधरी  विरुद्ध  किटानी जाहेरी दिएका थिए । सोही आधारमा   सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी थियो ।

कुटपिटबाटसंखुवासभा मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार निमित्त प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध पीडितले जाहेरी दिएका थिए । 

जाहेरी परेपछि प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरे र चौधरी विरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थियो । 

जिल्ला प्रहरी कार्यालयले सखुवासभाले उनीहरुमध्ये चौधरीलाई पक्रलाउ गरे पनि घिरमेलाई भने अझै पक्राउ गरेको छैन ।

यता पीडितहरुले ६ दिनपछिमात्र मृतकको शव बुझेका छन् ।

शवको पोष्टमार्टमपश्चात कारागार निमित्त प्रमुख घिमिरे र असई चौधकरीको नाम सार्वजनिक गरेपछि पीडितले शव बुझेका हुन् ।

पीडित पक्षले शव हेर्दा रडले कुटपिट गरेको, शरीरभर निलडाम भएको, हत्या भएको आधार देखिएपछि कारागार प्रमुख र कारागारका सुरक्षाकर्मीविरूद्ध मृतकका आफन्तले जाहेरी दिएका थिए ।

घटनालगत्तै गृह मन्त्रालयले साउन २४ गते कारागार व्यवस्थापन विभागका निर्देशक पाण्डेको संयोजकत्वमा  छानविन समिति गठन गरेको थियो ।