धरान /  पछिल्लो समय आफ्नो संस्कार र सँस्कृति जगेर्नामा सबै एक जुट हुने क्रम बढ्दै गएको छ ।

यस्ता सँस्कृति विभिन्न जात जातिले विकृति रहित जातीय पहिचानको मुख्य एजेण्डा बोकेर वृहत रुपमा मनाउने प्रचलन बढ्दै गएको छ ।

यसै क्रममा नेवार समुदायले सुनसरी जिल्ला स्तरीय वृहत लाखे नाचको आयोजना गर्ने भएको छ ।

विगतमा लाखेनाचको नामबाटचन्दा उठाउने लगायतका कुराहरु हुन गरेकालाई यसलाई मध्य  नजर गरी नौ बुदे आचारसहिता समेत बनाएर लाखे नाचलाई व्यवस्थित बनाउने भएको हो ।

लाखे नाचको उद्गम जिल्लाको रुपमा भोजपुरलाई लिने गरिएको छ ।

विगतमा गाउँ घरमा सीमित लाखे नाचलाई नेवार समुदायले सबै समुदायलाई समेटेर सामुहिक रुपमा मनाउने प्रचलन भएको हो ।

धरान २०७५सालदेखि सार्वजनिक ठाउँमा सामुहिक लाखे नाचको शुरुवात गरेको थियो ।

दुई बर्ष कोभिड महामारीले लाखे नाचलाई समेत प्रभावित बनायो ।  यस बर्ष भदौ ४ गतेदेखि लाखे नाचको आयोजना गर्ने भएको छ भने भदौ १८ गते धरानमा चौथो वृहत खुल्ला लाखेनाच प्रर्दशनी तथा सुनसरी जिल्ला स्तरीय लाखे नाच प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

लाखे नाँचलाई संस्थागत गरेर विकृति रहित बनाउने उद्देश्यले साउन १८ गते सिद्धि नेवाः परिषदको सक्रियतामा  लाखे नाचको जगेर्नामा लागेका सरोकारवाला संघसंस्थाको उपस्थितिमा ९ बुँदे आचारसंहिता बनाएर नाचलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ । 

प्रतियोगितामा २२ वटा संघ संस्थाले भाग लिने छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजार, दोस्रा हुनेलाई १५ हजार, तेस्रोलाई नगद १० हजार र सान्त्वनालाई नगद ५ हजार पुरस्कार दिइने नेवा द्य दबु धरानका अध्यक्ष शाक्यले जानकारी दिए ।