‘बोलाउँ भने तिमीलाई पाप लाग्ने डर’ बोलको गीतको कभर भिडियो सार्वजनिक भएको छ । गायक दिव्यासन घिमिरेले कालजयी गीत ‘बोलाउँ भने तिमीलाई पाप लाग्ने डर’ बोलको गीतको कभर भिडियो सार्वजनिक गरेका हुन् ।गायक  दुर्गा खरेलको संगीत तथा गायकीमा रहेको उक्त गीतलाई घिमिरेले कभर भिडियो मार्फत सार्वजनिक गरेका हुन् ।गितमा जस योन्जन प्यासीका शब्दहरु रहेका छन् ।  

धरानस्थित न्यु भावना अडियो रेकर्डिङ स्टुडियोमा पुनःस्वरांकन गरिएको गीतमा गिटारमा रोशन शर्मा र किबोर्डमा हेम सुब्बाले साथ दिएका छन् ।

स्टुडियोमै छायांकन गरिएको भिडियोलाई सनम रानाले छायांकन गरेका छन् भने एडम लिम्बूले सम्पादन गरेका छन् । 

पर्यटकीय स्थल भेडेटार निवासी दिव्यासनले २०६४ मा लोकदोहोरी अडियो एल्बम ‘तिम्रो साथैमा’ बजारमा ल्याएका थिए । डेढ दशक बढीको औपचारिक सांगीतिक जीवनमा उनले दर्जनौं गीत सार्वजनिक गरिसकेका छन् । उनका ‘तिम्रो यादले..’, ‘कुन जुनीमा..’, ‘मोहनी लाग्ला है..’, ‘मायाको डोरो..’, ‘गोठाले दाइ..’ लगायतका गीतलाई दर्शक–स्रोताले मनपराएका छन् । 

दिव्यासनले आफ्नै युट्युब च्यानल ‘दिव्यासन’ मार्फत् कभर भिडियो सार्वजनिक गरेका हुन् ।