तेह्रथुम/  लालीगुरास नगरपालिका वडा नं. २ मा दूध डेरी निर्माण शुरु भएको छ 

कोशी मन्त्रालयको सहरी विकास मन्त्रालयका १ करोड ८६ लाखको लागतमा  नगरपालिकाको बसन्तपुरमा डेरी भवन निर्माणको काम चलिरहेको छ ।

लालीगुरास नगरपालिकामा पशुपालन बढी हुने र दूध प्रयाप्त रुपमा उत्पादन भएपनि दूध स्टोरको समस्या थियो ।  डेरी भवन निर्माण भएपछि आफूले उत्पादन गरेको दूध खपत हुने भन्दै स्थानीयहरु हर्षित बनेका छन् ।

लालीगुरास नगरपालिका क्षेत्रमा मात्रै दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधले बजार पाएको थिएन ।

दूध बजारमा नगएपनि दही, घिउ बनाएर विक्री वितरण गर्ने गरिएको भएपनि बजार अभावका कारण प्रसस्त विक्री वितरणमा समस्या रहेको थियो । डेरी भवन बन्ने भएपछि स्थानीयहरु अहिले हर्षित छन् ।

लाली गुरास नगरपालिका बसन्तपुरका झमक पौडेलले उत्पादित दुध विक्री गर्न कठिन भएको  बताएका छन् । डेरी भवन निर्माण भएर दूध संकलन हुन थालेपछि भने  आफूले उत्पादन गरेको दूध सहजै रुपमा विक्री हुने बताएका छन् ।

उनी भन्छन्–‘हामीले उत्पादन गरेको दूधको बजार नहुदा विक्री गर्न नै पाएका थिएनौं, उत्पादन गरेको दूध घिउ र दही बनाएर विक्री गर्दासमेत बजार अभावकै कारण प्रयाप्त विक्री हुदैनथ्यो,

अब डेरीभवन निर्माण सम्पन्न भएर दूध संकलन भएपछि हामीलाई राहत मिल्छ भन्ने लागेको छ ।’

अहिले भवन धमाधम निर्माण भइरहेको छ । निर्माणको जिम्मा कान्छाराम कन्ट्रक्सनले पूर्वाधार  निर्माणमो जिम्मा लिएको लाली गुरास नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताएका छन् ।

उनले लाली गुरास नगरपालिकाको आयस्रोतको रुपमा कृषिलाई लिइएको बताए ।

उनले भने–‘लाली गुरास नगरपालिकाका सर्वसाधारणको प्रमुख आयस्रोतको रुपमा कृषि नै हो, नगरपालिकाले समेत कृषि क्षेत्रमा धेरै लगानी छुट्याएको छ, कृषि पछि हाम्रो अर्को आम्दानीको स्रोत पर्यटन हो, नगरपालिकाले पर्यटन प्रवद्र्धनमा पनि यथस्ट बजेट छुट्याएका छा्रै ।’