उदयपुर/ ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् ।
इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो ।
बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए ।
उक्त भ्रमणमा सहभागी कक्षा ८ की छात्रा खुशी विष्टले भ्रमण बारे प्रतिक्रिया दिंदै भनिन्, “एकदमै नयाँ अनुभव भयो । यहाँ आएर धेरै नयाँ कुराहरु देख्ने सिक्ने अवशर बन्यो उदयपुरगढीको भ्रमण ।”
पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुने बताउँदै बिद्यालयमा बिगत छब्बिस वर्ष देखि अध्यापन गराउंदै आएका सह-प्रधानाध्यापक रमेश प्रसाद निरौलाले आफैले अवलोकन गरेर, अनुभव लिएर आर्जन गरेको ज्ञान विस्मरण नहुने बताए ।
सह-प्रधानाध्यापक रमेश निरौलाले भने, “जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउँदछ । भ्रमणलाई मात्र भ्रमणका रुपमा सिमित नगरी यसलाई उपलब्धीमूलक बनाउन सकेमा मात्रै भ्रमणका लगि गरिएको लगानी अत्यन्तै फलदायी हुन्छ ।”
उक्त भ्रमणबाट धेरै नयाँ सिकेको विद्यार्थीहरूले बताएका थिए ।
शैक्षिक भ्रमणले विद्यार्थीले सिकेका सवल पक्षलाई केलाउने हो भने उनीहरुले सुनेको भन्दा धेरै ज्ञान आर्जन गर्ने गरेका छन् ।
एउटा बन्द कक्षा कोठामा शिक्षकले उदयपुरगढीको बारेमा बताउँदा जति सिकाउन सकेका हुन्छन् त्यसको दसौं गुणा भन्दा वढी ज्ञान विद्यार्थीले उक्त स्थानको भ्रमणबाट आर्जन गर्न सक्ने निरौलाको अनुभव छ ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बाट करिव १८ किमी पच्चिममा रहेको नेपालटारबाट करिब ३० मिनेटको उकालो बाटोको यात्रा गरेर विद्यार्थीहरू उदयपुरगढी पुगेका थिए ।
इटहरीबाट नेपालको ऐतिहासिक बिरासत बोकेको गढी पुगेका बिद्यार्थीहरुले उक्त स्थानको शैक्षिक अवलोकन गर्दा नयाँ अनुभव र रोमाञ्चकता महसुस गरेको अनुभव सुनाएका थिए ।
कक्षामा विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञानको समेत विकास होस भनेर भ्रमण गराइएको विद्यालयका प्राचार्य मणिकुमार पौडेल बताउँछन् ।
भ्रमणलाई मनोरञ्जनका रुपमा मात्रै लिन नहुने बताउँदै प्रधानाध्यापक पौडेलले भने, “भ्रमणलाई मात्र भ्रमणका रुपमा सिमित नगरेर यसलाई उपलब्धीमूलक बनाउन निकै मेहेनत गरेका छौं ।
अझ बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउन यस भ्रमण विशेष योजना बनाएर नानी९बाबुहरुलाई सिक्नका लागि प्रसस्त समय व्यवस्थापन गरेका छौं । त्यसका लागि हाम्रा शिक्षक र टुरिजम क्लबका भाईबहिनिहरुले निकै मेहनत गर्नु भएको छ ।”
भ्रमणमा शिक्षक र विद्यार्थीहरूले नाचेर, गीत गएर रमाइलो गरेका थिए ।
उक्त भ्रमण दलका शिक्षक बिद्यार्थीहरुले स्थानीय घरबास ९होम स्टे०मा खाना खाएका थिए ।
स्थानीय पंचावती घरवास [होम स्टे]मा आवद्द स्थानीय दिनेश धमलाले इटहरीबाट आएका आफ्ना पाहुनालाई टीका, फुल र चकलेट दिएर गढ़िमा स्वागत गरेका थिए ।
स्थानीय पुस्कर प्रसाद भण्डारीले उदयपुर गढीको एतिहासिक महत्त्व, रहनसहन, जीवनशैली लगायताका विषयहरुमा जानकारी गराएका थिए ।
नेपाल सरकारले देशभरका १ सय पर्यटकीय गन्तव्य तोकेकामध्ये उदयपुरगढी पनि एक हो ।
भ्रमण वर्षमा नेपालमा अधिकतम पर्यटक भित्र्याउने योजना अनुसार गाउँपालिकाले पुरानो गढीको पुनर्निर्माण कार्यक्रम अघि सारेको र जस अनुसार संघीय सरकारसँग साझेदारीमा पुनारो गढी पुनर्निर्माण हुदै गरेको गाउँपालिका अध्यक्ष मानबहादुर मगरले जानकारी दिए ।
मगरका अनुसार उक्त क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन बढाउँनलाई पूर्वाधार बिकाश र प्रचारप्रसारमा ध्यान केन्द्रित गरिएको छ ।
त्यसैगरी, उदयपुर गाउँपालिका वडाध्यक्ष कुमार अधिकारीले गढीको बिकाशका लागि ५ नम्बर वडा गाउँपालिकासँग मिलेर होम स्टे भवन निर्माण गरेको बताए ।
उनका अनुसार होम स्टे संचालकहरुलाई खाना बनाउने तालिम लगायतका काम गरिएको छ ।
नेपाली सेनाको सहयोगमा गढीमा निर्माण गरिएको मन्दिरमा काली भगवतीको मुर्ति राख्ने तयारि गरेको अधिकारीले जानकारी दिए ।
उनले भने, “गढीको निर्माण सकिएको छ । गढीमा रहेको मन्दिरमा काली भगवतीको मुर्ति राख्ने र त्यसको लागी नेपाली सेनाको सहयोगमा बाजागाजा सहित मुर्ति स्थापना गरेर प्राणप्रतिष्ठा गर्ने तयारि चलिरहेको छ ।”
उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान ब। मगर, वडाध्यक्ष कुमार अधिकारी, नेका वडा सभापति पुस्कर प्रसाद भण्डारी, बिद्यालयका प्रअ मणिकुमार पौडेल, रमेश प्रसाद निरौला लगायतको टोली गढीको अवलोकन पश्चात
के हो उदयपुर गढी
उदयपुरगढी गाउँपालिका९५ मा पर्ने उदयपुरगढी उदयपुरको पुरानो सदरमुकाम पनि हो ।
बिक्रम संवत २०२८ साल सम्म जिल्ला सदरमुकाम रहेको उदयपुरगढीको नामबाट जिल्लाको नामाकरण भएको हो । उदयपुर जिल्लाको नामकरणदेखि सदरमुकामसम्मको इतिहास उदयपुरगढीसँग जोडिएको छ ।
उदयपुरगढी राजा उदयसिंह नामका सेन वंशका राजाले राज्य गरेको स्थान हो । पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल निर्माण भएको हो ।
राजा उदय सेनका बारेमा जिल्लाका विभिन्न विद्वानका विभिन्न कथनहरु रहेका छन् ।
प्रा. डा. सोमप्रसाद खतिवडाद्वारा लिखित उदयपुरगढीको इतिहास र पर्यटन नामक पुस्तकमा ई.सं. १३२४ तिर मिथिलाको तिरहुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुरगढी स्थापना गरिएको हुन सक्ने देखिन्छ ।
यहाँ प्रत्येक वर्ष दशैँ, रामनवमी लगायत अन्य तिथिमा जिल्लाका सम्पूर्ण क्षेत्रबाट ठूलो संख्यामा पञ्चावतीगढी देवीको पूजा तथा आराधना गर्न भक्तजन जाने गर्छन् । उदयपुरगढी
उदयपुरगढीको इतिहास
उदयपुरगढी राजा उदयसिंह नामका सेन वंशका राजाले राज्य गरेको स्थान हो । पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल राज्यको निर्माण भएको हो ।
राजा उदय सेनका बारेमा जिल्लाका विभिन्न विद्वानका विभिन्न किंवदन्ती सुन्न पाइन्छ ।
प्रा.डा. सोमप्रसाद खतिवडाद्वारा लिखित उदयपुरगढीको इतिहास र पर्यटन नामक पुस्तकमा ई.सं. १३२४ तिर मिथिलाको तिरहुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुरगढी स्थापना गरिएको हुन सक्ने देखिन्छ ।
यस्तै, स्थानीय पूर्र्विशक्षक इच्छाराम परियारका अनुसार सन् १७६० मा उदयपुरको चौदण्डी गढीका राजा विक्रम सेनका भाई उदय सेन उदयपुर गढीमा चौदण्डीको क्षेत्रीय प्रशासक भई आएर शासन गरेपछि आफूलाई राजा घोषणा गरेका थिए ।
उदयपुरको नाम पनि उदय सेनले नै आफ्नै नामबाट राखेको र उदयपुरगढीमा दरबार बनाएर शासन शुरु गरेको स्थानीय पंचावती घरबास [ होमस्टे]की सदस्य उर्मिला कार्कीले जानकारी दिईन् ।
उनका अनुसार पृथ्वीनारायण शाहका फौजले १६ जुलाई सन् १७७३ मा उदयपुरको चौदण्डी गढीमाथि आक्रमण गरेर कब्जा जमायो र त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरेको थियो ।
पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरुपसिंह कार्की, अभिमान सिंह बस्नेत लगायतले उदयपुरगढीमा आक्रमण गरेपछि राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जङ्गलको ओडारमा लुक्न गए र सोही स्थानमा अलप भएको स्थानीयको कथन छ ।
ऐतिहासिक तथा पौराणिक मान्यताहरु
उदयपुरगढी सँस्कृति र पुरातात्विक हिसाबले भरिपूर्ण छ । राजा उदयसिंह नामका सेन राज्यमाथि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उनी अलप मात्र भएका हुन् ।
अहिले पनि गढी दरबारपारिको जङ्गलको डाँडामा मध्यदिनमा र रातको समयमा उदय सेनले मादल बजाउने गरेको र मादलको आवाज आउने गरेको प्रत्यक्ष सुन्न सकिन्छ भन्ने स्थानीयको जनविश्वास रहेको छ ।
उदयपुरगढी डाँडामा अझै पनि राजा उदय सेनको मादल गुञ्जन्छ भन्ने जनविश्वास रहेजस्तै यहाँको अवस्था पनि उस्तै छ ।
पृथ्वीनारायण शाहदेखि यता दर्जनौं परिवर्तन भए तर यो ऐतिहासिक गढी आज पनि विगतको जस्तै छ, फेरिएन ।
उदयपुरगढी समुद्री सतहबाट करिब एक हजार ३०० मिटरको उचाइमा अवस्थित छ । उत्तरमा सेत्ताम्य हिमालहरू र दक्षिणमा समतल तराईका फाँटहरूका दृश्य अवलोकन उदयपुरगढीबाट गर्न पाइन्छ । उदयपुरगढीलाई प्रदेश १ कै पर्यटकीय केन्द्र बनाउन सकिने सम्भावना रहेको छ ।
उदयपुरगढीको मुख्य आकर्षण भनेको गढी मन्दिर, पञ्चावती माई मन्दिर, केउरेनी मन्दिर, चुला ढुंगा शिवपार्वती हुन् ।
पुरानो गढीको भग्नावशेष, टुँडिखेलको गणेशथान, संसारी माईथान, गढीकै पुरानो वरपीपलको बोट, ऐतिहासिक पोखरीको वर्षौं पुरानो इतिहास छ ।
यस्तै, घ्याम्पा थुम्काको सिद्धथान मन्दिर, बज्ने ढुंगा मन्दिर, हाडेटार शिवजी गुफा, केउरेनी महादेव मन्दिर हेर्नलायक रमणीय ठाउँ छन् ।
ब्रह्मचारीधारा, जोगीधारा, उदयपुरगढीमा संग्रहालय बनाउन सके पर्यटकलाई थप आकर्षित गर्नेछ । भारतबाट समेत देखिने र पूर्वाञ्चलको धेरै स्थानबाट देखिने गढीको डाँडामा रहेको यस मन्दिरबाट उत्तरमा सगरमाथाको रेन्जमा रहेका हिमशृङ्खला, दक्षिणमा चुरे शृङ्खलाका साथै तराईको समथर जमिन समेत देख्न सकिन्छ ।
प्राकृतिक सौन्दर्य
उदयपुरगढीको मुख्य आकर्षण भनेको गढी मन्दिर, पंचावती माई मन्दिर, केउरीनी मन्दिर, चुला ढुंगा शिवपार्वती हेर्न लायक रमणिय स्थान हो ।
पुरानो गढीको भग्नावशेष, टुडिखेलको गणेश थान, संसारी माईथान, गढीकै पूरानो बरपिपलको बोट, ऐतिहासिक पोखरीको वर्षौ पुरानो इतिहास रहेको छ ।
यस्तै घयाम्पा थुम्काको सिद्धथान मन्दिर, बज्ने ढुंगा मन्दिर, हाडेटार शिवजी गुफा, केउरेनी
महादेव मन्दिर हेर्न लायक रमणिय ठाउँ रहेको छ ।
ब्रह्मचारीधारा, जोगीधारा, उदयपुरगढी संग्राहलयले प्रयटकलाई थप आकर्षित गर्नेछ ।
भारतबाट समेत देखिने र पूर्वाञ्चलको धेरै स्थानवाट देखिने गढीको डाँडामा रहेको यो मन्दिरवाट उत्तरमा सगरमाथाको रेन्जमा रहेका हिमशृङ्खला, दक्षिणमा चुरे शृङ्खलाको साथै तराईको समथर जमिन समेत देख्न सकिने भएकाले पनि पर्यटकिय सम्भावना प्रसस्तै रहेको छ । यहाँबाट बाराको ताप्ली पोखरी, चित्रेथाम लगायतका भू-भाग देख्न सकिन्छ ।