धरान/  धरानमा पूर्व मेयर मनोज मेन्याङ्बाेका पालामा धरानको भानुचौकमा निर्माण भएको घण्टाघर  निर्माण प्रारम्भदेखि नै ज्यालादारीमा काम गर्ने दुई जना कर्मचारीलाई विना कारण हटाइएपछि पूर्वाग्रह रुपमा हटाइएको भन्दै धरानका तीन ट्रेड युनियन आन्दोलित भएका छन् ।

mmmm
majdur

 घण्टाघरबाट निष्कासीत मजदुरहरु राजेश राई र नरबहादुर सुब्बाको न्यायका लागि धरानका तीनवटा ट्रेड युनियनहरुले धरानका नगर प्रमुख साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ [जिफन्ट] राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई सहित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काग्रेस आवद्ध विभिन्न संगठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयरसाम्पाङलाई कार्यकक्षमै भेटेर मजदुरहरुलाई पुनर्वहाली या न्याचित अनुदानको व्यवस्था गर्न सुझाएका थिए । 


प्रतिनिधि मण्डलको अगुवाइ गर्दै गएका अध्यक्ष राईले मजदुरहरुलाई पुनर्वहाली पहिलो सर्त हो यदी विदाइ गर्ने हो भने श्रम ऐन २०७४, नियमावली २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मजदुरहरुलाई न्यायोचित अनुदान दिएर विदाइ गर्नु पर्ने बताए ।

mm

घण्टाघरमा मालीको काम गर्दै आइरहेका नरबहादुर सुब्बा २०६२ साउन १ गतेदेखि र प्रकास राई २०७२ साउन १३ गतेदेखि सेवा गर्दै आइरहेका थिए ।

उपमहानगरपालिकाले २०८० साउन १ गतेदेखि उमेरको हदबन्दीलाई कारण देखाउँदै विदाइ कुनैपनि क्षतिपूर्ति नदिइ निष्कासन गरेको थियो । 

सो विषयमा साम्पाङलाई तीनवटै ट्रेड युनियनहरुको तर्फबाट संयुक्त ज्ञापनपत्र बुझाएपछि भदौ ११ गते मेयर र मजदुर प्रतिनिधिहरुको उपस्थितिमा सहमति भएको थियो । 

सहमति अनुसार निकालिएका मालीहरुलाई एक वर्ष कार्यकाल थपिदिने वा चित्तबुझ्दो अनुदान स्वरुप सहयोगका लागि कार्यपालिकाको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको थियो । 

m

तर, असोज १७ गते भएको धरान उपमहानगर कार्यपालिका बैठकमा मजदुरहरुलाई अनुदान दिने विषयमा कुनै निर्णय नभएपछि मेयरलाई भेटेर तत्काल यस विषयमा ध्यानाकर्षण गराएको थियो । 

छलफलपछि मेयर साम्पाङले कार्यपालिका बैठक सौहार्द नभएकाले निर्णय गर्न नसकिएको बताएका थिए ।

mmm

घण्टाघर व्यवस्थापन समितिबाट आउनुपर्ने १५ लाख नगरपालिकामा आइनसकेको, अन्य पैसा समेत कहाँ गयो भन्ने टुंगो नभएको बताउदै समितिले राखेको त्यही पैसाबाट मजदुरहरुलाई अनुदान सहयोग गर्नु पर्छ नगर प्रमुखले बताए । उनले भने त्यो पैसा खोज्न मलाई सहयोग गर्नुस ।