धरान/स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । संवेदनशील भएकै कारण सर्वोच्च अदालतले समेत अस्पताल क्षेत्रमा आन्दोलन गर्न नपाइने आदेश समेत दिइसकेको अवस्था छ ।

तर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनको लहर नै चलने गर्छन । पछिल्लो समय शिक्षक कल्याण समाजको आन्दोलनका कारण अस्पतालबाट हुने सम्पूर्ण सेवा प्रभावित बनेको छ ।

यसले अध्ययन अध्यापन नहँुदा विद्यार्थी मार्कामा परेका छन् भने प्रतिष्ठानका सम्पूर्ण उपचार सेवामा चिकित्सकहरु सामेल नहुदा विरामीले सास्ती भोग्नुपरेको छ ।

सात बर्षदेखको वढुवा रोक्का सुचारु नभएको विषयलाई लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा चिकित्सकहरुले निरन्तर गरेको आन्दोलनका कारण समग्र प्रतिष्ठान नै विरामी परेको छ  ।

सम्बन्धित पक्षले उनीहरुको मागलाई गम्भीरतापूर्वक नलिएपछि प्रतिष्ठानको शैक्षिक गतिविधिसँगै उपचार सेवा प्रभावित बनेको हो ।

लामो समयदेखि आन्दोलनरत चिकित्सक तथा शिक्षकहरुले गरेको आन्दोलनका कारण अहिले प्रतिष्ठानका सबै शैक्षिक गतिविधि ठप्प छन्, समयमै हुनुपर्ने परीक्षा हुन सकेको छैन भने स्वास्थ्य सेवा अन्तर्गत बहिरंग, अन्तरग, आकस्किम कक्ष, सघन उपचार कक्ष (आइसियु) तथा अनुसन्धान सम्बन्धी कुनै पनि काम हुन सकेको छैन ।

प्रतिष्ठान केन्द्रित आन्दोलनले पदाधिकारीसँग गरेको आन्दोलनको सहमति एक हप्ता वितिसिक्दा पनि कार्यान्वयन नगरेपछि काठमाण्डौ केन्द्रित आन्दोलनबाट आश्वासनबाहेक केही नपाएका चिकित्सक तथा शिक्षकहरुले १ सय ७७ जनाले सामुहिक रुपमा राजीनामा दिएपछि भने प्रतिष्ठानको उपचार सेवा प्रभावित बन्दा अहिले जुनियर चिकित्सकहरुले विरामीको उपचार गराउनुपर्ने अवस्था आएको छ ।

सिनियर चिकित्सकहरुले सामुहिक राजीनामा दिएकै कारण प्रतिष्ठानले एक दिनमा एक जना भन्दा बढीको उपचार गराउन सकेको छैन ।

यसले प्रत्यक्ष रुपमा विरामी मारमा परेका छन् ।

दक्षिण एसियाकै सबैभन्दा ठूलो अस्तालको रुपमा चिनिएको यो अस्पतालमा उपचारमा आएका विरामीहरु समस्यामा परेका छन् भने अन्य ठाउँमा उपचार नभएर रिफर भएर बीपीमा उपचारका लागि आएका विरामीहरु समेत अझ मारमा परेका छन् ।

आमालाई उच्च रक्तचाप र मधुमेय भएर उपचारका लागि बीपी आएकी केराबारी मोरङकी कुमारी याख्खाले चिकित्सक तथा शिक्षकहरुको आन्दोलनका कारण राम्रोसँग उपचार गराउन नपाएको बताइन् ।

प्रतिष्ठानका पदाधिकारीहरुकै कारण आन्दोलित हुनुपरेको बताउदै आएका शिक्षक तथा चिकित्सकहरुले विरामीले भोगेको समस्याका विषयमा चिकित्सक तथा शिक्षकमात्र दोषी नभएको बताएका छन् ।

उनीहरुले बढुवा प्रक्रिया सुचारुका विषयमा चरणवद्ध आन्दोलनमा उत्रिदा मागको वेवास्ता गर्ने पदाधिकारी विरामीले पाएको सास्तीको विषयमा बढी जिम्मेवारी हुने शिक्षक कल्याण समाजका अध्यक्ष डा. शेहराज अहमान खानले बताए ।

सामुहिक राजीनामा दिएका चिकित्सक तथा शिक्षकहरुले भने प्रतिष्ठानको पदाधिकारीहरुले गम्भरता नदेखाएकै कारण यहाँ कार्यरत चिकित्सक तथा शिक्षकको बढुवा रोक्का भएको बताएका छन् ।

उनीहरुले प्रतिष्ठान २०५५ नियमावली अनुसार सञ्चालन भएको बताउदै मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि नया नियमावली बनाउने कुरामा उनीहरुको ध्यान जान नसकेकैले यसको असर बढुवा प्रक्रियमा समेत परेको बताएका छन् ।

दुई तिहाइको बढुवा प्रक्रिया सुचारु भएर रोकिएपनि पुन: हुन नसक्दा आफूहरुले प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउदा सकारात्मक कुरा आएपछि प्रतिष्ठानले गम्भीरता नदेखाएसम्म केन्द्रको ध्यान नजाने भएकोले ध्यानाकर्षणका लागि समय समयमा झकझकाउन आन्दोलन गरेको आन्दोलरत चिकित्सक डा. विष्णु पोख्रलले बताए ।

प्रतिष्ठानका शिक्षक तथा चिकित्सकको आन्दोलनको कारण समग्र विद्यार्थीहरुले समस्या भाग्नुपरेको भन्दै केही दिन अगाडि समस्या समाधान गर्न र चिकित्सकहरुको आन्दोलनलाई सहजतातर्फ फर्काउन विद्यार्थीहरुले शान्तिपूर्ण ¥यालीको समेत आयोजना गरेका थिए ।

प्रतिष्ठानमा एमबीबीएसमा स्तानतक तह, विडिएस, नर्सिङ, एलाएन्स साइन्सअन्तर्गत विएस्सी, एमआइटी लगायत पढाइ हुने गरेको छ ।

शैक्षिक शाखा नै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका शिक्षक तथा चिकित्सकका कारण नियमित हुने परीक्षा समेत सुचारु हुन  सकेको छैन । समग्रमा भन्दा शिक्षक तथा चिकित्सकले सामुहिक रुपमा दिएको राजीनामाका कारण प्रतिष्ठानको समग्र सेवा नै प्रभावित बनेको छ ।