इटहरी/ मानसिक रुपमा अस्वस्थ रहेकी इटहरीकी एक महिला १२ दिनदेखि बेपत्ता भएकी छन् ।

इटहरी उपमहानगरपालिका ७ की ४९ वर्षीया उर्मीला कटुवाल परिवारबाट सम्पर्कविहीन बनेकी हुन ।

मानसिक रूपमा अस्वस्थ रहेकी उनी कात्तिक ६ गते दिउँसोदेखि घरैबाट बेपत्ता भएको परिवारले जनाएको छ । कतै फेला परेमा नजिककै प्रहरी कार्यालयमा खबर गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन ।

उर्मीलाका भाइ युवराज कटुवालका अनुसार प्रहरीलाई घटनाको जानकारी गराएर सबैतिर खोजी गर्दा पनि फेला पार्न सकिएको छैन ।

उनले भने, ‘बिना कारण दिदी घरबाटै बेपत्ता हुनुभयो । अहिलेसम्म परिवारको सम्पर्कमा आउनु भएको छैन, घटनाका बारेमा प्रहरीलाई जानकारी गराइएको छ ।

सबैतिर खोजी गर्दा पनि फेला पार्न सकिएन ।’ खोजी गर्दा पनि फेला नपरेपछि थप खोजीका लागि अपिल गरिएको इटहरी प्रहरीले जनाएको छ ।