सुनसरी/ धरान १८ वडा कार्यलयले १८ न.वडाका भेट्रान फुटवल टिमलाई जर्सी प्रदान गरेको छ ।

पुर्व मेयर तिलक राईको प्रमुख आतिथ्यमा शुक्रवार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेलाडिहरुलाई जर्सि हस्तान्तरण गरिएको थियो ।

करिव २० हजार रुपैया वरावरको जर्सी प्रदान गरिएको वडाकार्यलयले जानकारि गराए ।20231103_114849(2)

धरान भेट्रान क्लव धरान १७ को आयोजनामा कार्तिक १४ गते देखि सुरु भएको वडा स्तरिय भे्रटान प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागि हुन लागेका खेलाडिहरुलाई जर्सी प्रदान गरका हुन ।

टिममा सन्तोष विक व्यवस्थापक, प्रवल वान्तावा प्रशिक्षक, कुमार गुरुंङ टिम क्याप्टेन, जनकराज सुनुवार गोलकिपर, सुमन गुरुङ, हेमकुमार गुरुङ, दिपेन्द्र राई, शिवकुमार राई, भोला चौधरी, प्रभानन्द चौधरी, जितचन्द्र सुनुवार, भगिराज राई, देवेन्द्र खड्का र पुर्व मेयर तिलक राई रहेको छ ।

कार्यकममा सहभागि टिमलाई प्रमुख अतिथि तिलक राई, वडाध्यक्ष प्रविण राई र वडा सदस्य जमुना त्रिखत्रि मोक्तानले जितको सुभकामना दिएका थिए ।