विराटनगर/  विराटनगर स्थित विराट नर्सिङ होमपूर्व शंकरपुर मार्गमा हुन गईरहेको मोरङ व्यपार संघ एक्स्पो २०८० को सम्पुर्ण स्टलहरु बिक्री भएको आयोजकले जनाएको छ ।

एक्स्पोको लागि यसअघि तय भएको २५० वटै स्टलहरु बिक्री भएपछि २५ स्टल थप भएको आयोजक मोरङ व्यपार संघका अध्यक्ष नविन रिजालले बताए ।

एक्स्पोका लागि बनाईएका स्टलहरु नेपाल, भारत, पाकितान र बंगलादेशका उद्योगी तथा व्यपारीहरुले खरिद गरेका छन् ।

प्रत्येक वर्ष विराटनगरमा लाग्ने मोरङ व्यपार संघ एक्स्पो यस पटक पुस ६ गते देखि सुरु भएर १६ गते समापन हुनेछ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

मोरङ व्यपार संघ एक्स्पोलाई अझै आकर्षण बनाउनका लागि रोटे पिङ्, झुला ,ड्राइगन जस्ता खेलसँगै मनोरञ्जन लागि कन्सर्टको पनि आयोजना हुने भएको छ ।

कन्सर्टका लागि राष्ट्रिय तथा लोकल गायक गायिकाहरुको सहभागिता हुने आयोजकको भनाइ छ ।