धरान/  धरान फुटबल क्लबको छैंठौं साधारणसभाले वर्तमान महासचिव प्रताप तामाङलाई अध्यक्षमा चयन गरेको छ । 

शनिबार भएको साधारणसभाले तामाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

क्लबलाई लामो समय नेतृत्व गरेका अध्यक्ष किशोर राईलाई मानार्थ अध्यक्षको रुपमा राख्ने समेत निर्णय गरेको छ ।

साधारणसभाले समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम बुढाथोकी, उपाध्यक्षमा नरेन्द्र चोङवाङ, उपाध्यक्षमा रोमी मोक्तान, महासचिवमा नविन राई, सचिवमा गोपाल कार्की, कोषाध्यक्षमा धनबहादुर राई र सहकोषाध्यक्षमा सागर घिमिरे चयन भएका छन् । 

यसैगरि, सदस्यहरुमा विद्या शाक्य, सारदा लिम्बु, हिमाल दाहाल, अर्जुन राई, हेमकुमार गुरुङ, सतिस केसी, रविन राई, इन्द्रबहादुर थापा मगर, अशोककुमार राई, विनय श्रेष्ठ, दर्शन बिष्ट, डिल्लीराम श्रेष्ठ र किरण शर्मा चयन भएका छन् । 

एन्फा प्रदेश समिति अध्यक्षसमेत रहेका राईले आफु क्लबको अध्यक्षतामा नभए पनि आफुलाई मानार्थ अध्यक्ष राख्ने निर्णय भएकोमा आभार व्यक्त गर्दै सहयोग निरन्तर गर्ने बताए । साथै उनले स्थानीय सरकारले खेलकुदमा ध्यान नदिएको भन्दै गुनासो पनि पोखेका थिए । यो क्लब २०५५ सालमा स्थापना भएको थियो ।

शनिबार छैटौं साधारणसभाको उद्घाटन समारोह पुर्वउपप्रमुख एवं क्लबका संरक्षक मिनकुमार सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो ।