झापा ।झापाको मेचीनगर नगरपालिका(१३ र ६ स्थितबाट प्रहरीले  प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

हिजो साँझ बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर(१३ फुलबासा चौक बस्ने ४३ बर्षीया भारती राजबंशीको घरबाट १२ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नेपाली रुपैया ३ लाख ५३ हजार ५ सय सहित बरामद गरेको हो । यसै गरी आज दिउसो मेचीनगर(६ स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक नगरपालिका(१ का २१ बर्षीय मनोज कुमाललाई संकालागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागुऔषध र नगद बरामद भए सगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।