धरान ।वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र धरान उपमहानगरपालिकाले गरेको चरम लापारवाहीका कारण धरानमा फोहोरको थुप्रो लास भेटिएको छ ।

वाँझगरा सामुदायिक वन उपभोक्ता समिती अन्र्तगतको सेउती जंगलमा धरान उपमहानगरपालिले फाल्ने गरेको  फोहारमा मरेको मान्छेको लास भेटिएको हो ।धरान पानवारी जाने सडक निजिकै फोहोर  धरान उपमहानगरपालिकाले फाल्ने गरेको छ ।  फोहोर सहित लास भएकाले त्यस आसपास वनक्षेत्र र सडकमा हिड डुल गर्न समेत मुस्किल परेको छ । दुर्गन्धले आवात जावत गर्न समेत कठिनाई भएको छ । फोहोरमा नै मरेको मान्छेको लास भएपछि वाँझगराका स्थानीयवासी आक्रोसि वनेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी वुद्ध श्रेष्ठका अनुसार विपी प्रतिष्ठानले वेवारिसे लास २ वटा र मानव कंकाल १ गरि ३ जनाको सव व्यवस्थापनको लागि धरान उपमहानगरपालिकालाई वुझाएको थियो ।

तर धरान उपमहानगरपालिकाका फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरुले भने उक्त फोहोरमा नै लासलाई छोपेपछि समस्या उत्पन्न भएको एसपी ष्ठले वताए ।

प्रहरीले स्थानीयहरुले खवर गरेपछि आज विहान गएर स्थलगत अनुगमन गरेको थियो ।