मोरङ। मोरंगको विराटनगर स्थित स्वास्थ्य कार्यालयमा उपचाररत कैदी वन्दी फरार भएका छन् । 

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका  झापा –५ निवासी राजकुमार हेम्रन र मन्जुल गुरुङ छन् । उनीहरु गएराती फरार भएको प्रहरीले जनाएको छ ।  हेम्रोन जिल्ला कारागार झापामा जवरजस्ती करणीको कैद सजायका हुन् । उनीहरुलाई  क्षयरोग  देखिएपछि विराटनगरमा उपचार गरिदै आएको थियो  । असारमा उपचारको लागि लगिएको थियो ।झापा गाउँपालिका ३ का गुरुङ भने लागूऔषध मुद्दामा पूर्पक्षका लगि थुनामा थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो । ‘विभागको निर्देशनपछि दुई जनालाई क्षयरोग निवारण संस्थामा राखेर उपचार हुँदै थियो,’ उनले भने,‘ मैले पनि फरार भएको जानकारी आज विहान जानकारी पाए ।’ 

उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ तर फेला पार्न सकेको छैन । यसैवीच मोरङको बिराटनगर महानगरपालिका(८ स्थितमा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरीरहेका २ जना कैदीलाई उपचारको लागि बिराटनगर(७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारको क्रममा अस्पतालबाट भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरले छानविन समिति गठन गरेको छ ।  कैदी भागी फरार रहेको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको प्रहरी टोली सहित ५ सदस्य छानबिन समिति गठन गरीएको छ । छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो, स्थलगत रुपामा खटि गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र राय सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिईएको छ ।