दमक । नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला दमकमा बालबालिका तथा कार्यकर्तालाई विजयदशमीको टिका लगाएका छन् । ओली तीन देखि दमक स्थित आफ्नै निवासमा छन् । 

अध्यक्ष ओलीले ९१ वर्षीय पिता मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्ने पारिवारिक श्रोतले वताएको छ । आफ्नो निर्वाचन क्षेत्रसहित अन्यत्रबाट आउनेहरुलाई एक घण्टा टीका लगाइदिने कार्यक्रम छ ।