धरानका मोतीराज सुनुवार मजदुर आन्दोलनसँगै राजनीतिमा उदाएका पुराना नेताको रुपमा परिचित छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेबाट संघीय समानुपातिक उम्मेदवारका रुपमा सुनसरी क्षेत्र नम्बर १ बाट छन् । उनी हाल नेकपा एमाले को १ नम्बर प्रदेश कमिटी सदस्य, सुनसरी क्षेत्र नम्बर १ ‘क’ तर्फको पार्टी इन्चार्जको जिम्मेवारीमा पनि छन् । यस अघि उनी नेकपा एमाले जिल्ला सुनसरीको सचिव भएर नेतृत्व गरेका थिए ।

धरान लाइभको कुराकानीमा उम्मेदवार सुनुवारले सुनसरी १ मा नेकपा एमालेको शानदार जित हुने दाबी  गरेका छन् । एमालेकै प्रदेश कमिटी सचिवालय सदस्य मनोजकुमार मेन्याङ्बोले बागी उम्मेदवारी दिए पनि उनको उम्मेदवारी निष्कृय गराई पार्टी काममा फर्कन अनुरोध गर्ने र यो अनुरोधलाइृ मेन्याङ्बोले राष्ट्रिय आवश्यक्ता ठानी स्वीकार गर्ने समेत दाबी गरेका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दल छन् भने यता नेकपा एमाले र जनता समाजवादी  पार्टीबीच तालमेल भएको छ ।

यस्तो अवस्थामा उनले राष्ट्रिय नेता अशोककुमार राईलाई छाता चिह्नमा मतदान गर्न र प्रदेश सभातर्फ सुनसरी १ ‘क’ र ‘ख’ क्रमशः रमेशकुमार बस्नेत र विजयकुमार राईलाई मतदातन गर्न पनि आह्वान गरेका छन् । 

०५६ सालदेखि नै पार्टी इलेक्सनमा उम्मेदवारका रुपमा मोती सुनुवारको नाम आउनेतर्फ उम्मेदवार छनोट नहुने भइरहेकामा यस पटक सुनुवारले समानुपातिक उम्मेदवारको टिकट पाएका छन् ।

लामो राजनीतिक जीवनमा पार्टीले सम्मान स्वरुप टिकट दिएकामा उनले आभार प्रकट गर्दै मतदातालाई सूर्य चिह्नमा भोट गर्न आह्वान समेत गरेका छन् । राष्ट्रिय राजनीति, तालमेल र सुनसरी क्षेत्र नं. १ को निर्वाचनका सन्दर्भमा सुनुवारसँग धरानलाइभले गरेको कुराकानी भिडियो  प्रस्तुत गरिएको छ ।