धरान ।किरात राई यायोख्खा धरान १५ को आयोजनामा धरान–१५ स्थित साकेला थानमा बुधबार देखिएको रौनक । पछिल्ला बर्षका साकेलाहरुमा युवा पुस्ताको साकेलासिली नृत्य तथा सास्कृतीक कार्यक्रममा आर्कषण बढ्दै गएको देखिन्छ । उभौली सुरु भएदेखि धरानका चौकहरुमा प्रत्येक साँझ युवा पुस्ताले साकेला प्रस्तुत गर्दै आएका छन् ।

यसलाई संस्कृतीमा पुस्ताहस्तान्तरणका रुपमा पनि ब्याख्या गर्न थालिएको छ । साकेलाका कार्यक्रमरु पछिल्लो समय किरात राज्य माग गर्दै हुने गरेका थिए । यो बर्ष भने प्रदेश १ को नाम कोशी नामाकरण भएपछि कोशी नाम खारेजीको माग गर्दै साकेला लाई सास्कृतीक आन्दोलनको रुपमा अगाडी सारिएको छ ।