धरान । धरानलाई सुरक्षित बनाउनको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुनसरी धरानले आज(सोमबार) देखि सडकमा सिसि क्यामेरा जडान गरेको छ । 

प्रहरी कार्यालयमा नै निरानी केन्द्र राखेर धरानको भानुचौक देखि उतर विभिन्न स्थानमा २० वटा सिसि क्यामेरा जडान गरेको हो ।

धरान उमहानगरपालिका वडा नम्बर १२ को १५ लाख रुपैंया आर्थिक सहयोगमा उक्त सिसी क्यामेरा जडान गरिएको हो । 

ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरिक्षक नारद प्रसाद दाहालका अनुसार  भानुचोक देखि छाताचोक, धरना उमहानगरपालिका,चतरा वसपार्क हुँदै स्वस्तिका चोक सम्म  जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी,धरानले निगरानी गर्ने गरि सिसि क्यामेरा जडान गरिएको वताए ।

उनले भने,‘१२ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा ३ दिन भित्र क्यामेरा जडान गरेर आजदेखि निगरानी शुरुवात गरेका हौ।’

उनका अनुसार सिसि क्यामेराले सडक आसपासको भीँडभाड,अस्तव्यस्तदेखि शान्ति सुरक्षा कायम गर्न सहज भएको र कुनै पनि समयमा हुने दुर्घटना चोरी लगायतको घट्नालाई प्रहरीले तत्कालै क्यामेराको सहयोगमा थप प्रहरीको सक्रियाता वढ्ने विस्वास व्यक्त गरेका छन् ।

क्यामेराले स्पष्ट रुपमा मानिस र स्पष्ट रुपमा सवारी साधान चिन्ने सक्ने भएकाले पनि प्रभावकारी हुने प्रहरी सहायक निरिक्षक दाहालले वताए ।