नेपालीहरुको महान पर्व तिहारको तेस्रो दिन आज गाईपूजा  । उज्यालोको प्रतीकका रुपमा दीप प्रज्वलन गरि मनाइने तिहारमा फूल  त्यसमा पनि सयपत्री फूलको अत्यन्ति महत्व छ । तसर्थ तिहारलाई फूलको पर्व भनेर पनि भनिने गरिएको छ ।   तिहार सुरु हुन दुई तीन दिन अगाडि नै भारतीय फूलहरु व्यवसायीहरुले ल्याएर स्टोरमा राखे पनि यस वर्ष पनि नेपाली फूलले भारतीय फूललाई विस्थापित गरेको छ ।

नेपाली फूलले बजार  नलिने संकेत देखेपछि भारतीय फूल स्टोर गरेर राखिएको भएपनि भारतीय फूल विक्री नै भएन । व्यापारीहरुले समेत गाउँमा फूलल नै नभए पनि कृषि बजारमा फूल अत्याधिक देखिएको बताएका छन् । व्यापारी मनकुमार बस्नेतले धनकुटाका अधिकांश गाउँमा कृषकको बारीमा फूल नभए पनि कृषि बजारमा आत्याधिक फूल आएको बताउनुभयो । उहाँले फूल नभएकै कारण आफूले थोरै खरिद गरेर ल्याएको बताउनुभयो ।

नेपाली फूल कम आउने सम्भावना भएकोले भारतीय फूल खरिद गर्न आएपनि नेपाली फूल कृषि बजारमा प्रर्याप्त आएको स्थानीहरुले बताएका छन् ।  तिहार अगाडि नै भएका कारण फूलको मूल्य महंगो पर्ने देखिएको भएपनि कृषि बजारमा नेपाली फूलको मूल्य सन्तुलित भएको स्थानीय सपना राईले प्रतिक्रिया दिनुभएको छ ।

तिहार अगाडि नै ३ सय भारतीय माला ल्याएर चिस्यान केन्द्रमा स्टोर गरेका व्यापारी टिका श्रेष्ठले परेको मूल्य भन्दा कममा माला विक्री गर्न बाध्य भएको बताउनुभयो । उहाँले फूल खरिद गरेर ल्याउँदा नै प्रतिमाला ४० रुपैया विक्री गर्नुपर्ने माला ३० रुपैयामा विक्री गर्नुपर्ने अवस्था आएको बताए । उहाँले भारतीय फूल ल्याउन नेपाल सरकारले प्रतिबन्द्ध लगाउनुपर्ने बताउदै भारतीय फूल नभित्रिए नेपाली कृषकले लाभ लिने बताउनुभयो ।

भारतीय बजारले बजार पिट्ने आंकलन गरिए पनि धरानमा भने भारतीय फूल विक्री नै हुन छाडेको छ । धरानको कृषि बजार, भानुचौक लगायतका मुख्य चौकमा नेपाली फूल छ्यास्ती पाइएको छ । नजिकका पहाडी जिल्लामा फूल पर्याप्त नफुले पनि इलाम, पाँचथर, संखुवासभा लगायतका क्षेत्रबाट व्यापारीहरुले खरिद गरेर फूल ल्याएकोले पनि नेपाली फूल पर्याप्त भएको कृषि बजारले जनाएको छ । कृषि उपज बजारका  बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार समय अगाडि नै तिहार परेका कारण नेपाली फूलले बजार नपाउने आंकलन गरे पनि त्यसको उल्टो नेपाली फूलले भारतीय फूललाई विस्थापित गरेको पाइएको छ ।