हिन्दू नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सांस्कृतिक रुपमा विस्तृत हुँदै गैरहेको छ ।
चाडको धार्मिक पक्ष एकातिर छ भने यो सँगै आउने देउसी भैलोलगायतका सांस्कृतिक रुपले विस्तार हुने क्रम देखिएको छ ।
indian deusiचुरे पहाडको काखमा रहेको धरान बहुसांस्कृतिक आयाम बोकेको नगर हो। अन्य चाड पर्वसँगै तिहारलाई यहाँ भव्यरुपमा मनाउने गरिएको छ । जातीय र सांस्कृतिक रुपमा मिश्रित र सन्तुलित यो नगरमा कोरोना सङ्क्रमणपछि तिहारलाई भव्य रुपमा स्वागत गरिएको छ ।
20221025_152218पहाडी समुदायले मनाउने देउसी भैलो बिस्तार हुँदै  तराईवासीहरु विशेष गरि मधेसी समुदायले समेत मनाउने प्रचलन बढ्दै गएको छ । तिहारमा आर्थिक सङ्कलनका दृष्टिले स्वच्छन्द यो पर्वमा भारतीयमुलुकबाट आएका नागरिक पनि सकृय हुन थालेका छन् ।
20221025_152121विराटनगर सीमानाकाबाट धरानसम्म प्रवेश गरेका उनीहरुको ठूलो डफ्फा धरानमा छरिएर रहेको देखिन्छ ।
indian deusiतिहारका तीन दिनमा राम्रो आर्थिक सङ्कलन हुने भएपछि उनीहरु बिहानै देखि अबेर रातसम्म धरानमा देउसी खेलिरहेका देखिन्छन् ।
तीनदेखि चार जनाको समूहमा देखिने यस्तो टोली धरानमा सक्रीय भएको देखिन्छ ।