सुनसरी जिल्लाको बराहक्षेत्र धार्मिक तीर्थस्थलहरुले सुसज्जित धार्मिक, सास्कृतिक र पर्यटकीय नगर हो ।
यहाँ हिन्दू धर्मशास्त्र अनुसारका प्राचीन, पुरातन र ऐतिहासिक मठ मन्दिर र देवालयहरु छ्न । जहाँ बर्सेनि लाखौं भक्तजनहरुले धार्मिक पूण्य आर्जन गर्दै आइरहेका छन । बराहक्षेत्रमा विश्व प्रसिद्ध मठ मन्दिरहरु छन् भने यहीँ ओझेलमा समेत परेका तीर्थ स्थल छन् जसको उजागर हुन सकेको छैन ।
तराईवासी समुदायले अत्यन्तै श्रद्धापूर्वक पूजा उपासना गर्ने तीर्थस्थल मध्येको एउटा हो, काली मन्दिर । जुन मन्दिर जिल्लाकै दुर्गम स्थल कोशीटप्पुको चिलिया टप्पुमा पर्दछ ।
यहाँ बर्सेनि धार्मिक मेला लाग्ने गरेको छ । मेलाकै अवसरमा काली महिमाबारे नाटक समेत प्रदर्शन हुँदै आएको छ । भाइटिकाको अघिल्लो रात भव्यतापूर्वक लाग्ने मेला यो वर्ष समेत शुरु भएको छ । मेलामा सुनसरी जिल्लाका तराइ क्षेत्रका अधिकाश भक्तजन यहाँ आउने गरेका छन् । विशेष गरी काली भक्तहरुले बडो श्रद्धा र आस्थापूर्वक यहाँ पोजा आराधना र उपासना गर्ने गरेका छन्  ।
यसैक्रममा देवानगन्ज गाउँपालिका १मध्येहर्षाइबाट आएका भक्तजनहरुसग हामीले कुराकानी गरेका छौं ।
कुराकानीमा जयमा सरस्वती नाट्यकला परिषदका सदस्य शम्भूप्रसाद यादवले काली मन्दिर्मा लाग्ने मेलाको भव्यताका बारेमा जानकारी दिएका छन् ।