धरानको तीनकुनेस्थित शनि मन्दिर व्यवस्थापनका लागि स्थानीय समितिको सक्रियता बढ्न थालेको छ ।

विश्वकर्मा मन्दिर रहेको बीच जङ्गलमा एकलासमा निर्माण भएका मन्दिरमा अहिले श्रद्धालुको आस्थाका कारण आवाद भएको छ । भक्तालुको बढ्दो आस्थाले मन्दिरमा घुइँचो बढेको देखिन्छ । विशेषगरी शनिबार भक्तजनको भीड लाग्ने गरेको छ ।

भनिन्छ, शनि ग्रह नलाग्ने मान्छे हुदैनन् । शनिको दोष निवारण गर्न भक्तजन यहाँ आउँछन् ।

सुरुवातमा भौतिक निर्माणको अभाव झेलेको अहिले सभा भवन ट्रस्ट लगाएर निर्माण गरिरहेको छ । सिसी क्यामेरा राखिएको छ । शौचालयको निर्माण गर्ने प्रक्रिया अघि बढेको व्यवस्थापन समिति अध्यक्ष राजकुमार निरौला बताउँछन् । (भिडिओ हेर्नुस्)
निरौलाले शनि मन्दिरलाई सुधार गर्न समिति प्रतिबद्ध रहेको बताए ।

शनि मन्दिर र विश्वकर्मा मन्दिरलाई एउटै व्यवस्थापन समितिमार्फत व्यवस्थापन गर्दै आएको कोषाध्यक्ष जीवनकुमार अग्रवाल बताउँछन् । पूजा, सरसफाई र भक्तजनलाई सुविधा दिने र भक्तजनबाटै आर्थिकसहयोग लिएर हलसमेत निर्माण भइरहेको व्यवस्थापन समितिका कोषाध्यक्ष अग्रवाल बताउँछन् ।(भिडिओ हेर्नुस् ) ।