बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका  २ चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ करोड २८ लाख भन्दा बढी मुनाफा भएको जनाएको कछ ।

संस्थाले शुक्रबार २४ औ बार्षिक साधरण सभा तथा २५ औं स्थापना दिवशका अवसरमा सो बराबरको नाफा भएको जनाएको हो । २०५५ सालमा स्थापना भएको सहकारीले शुक्रवार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा २४ औं बार्षिक  साधरण सभा तथा २५ औं स्थापना दिवस सम्पन्न गरेको थियोे । 

संस्थामा ४ हजार ९ सय ८७ जना सदस्यहरु रहेका छन । संस्थाकोथा भरौल सेवा केन्द्र , महेन्द्रनगर सेवा केन्द संचालनमा रहेका छन्  भने आगामी बर्षमा प्रकाशपुरमा समेत सेवा केन्दै खोल्ने तयारी अन्तिम रहेको जनाइएको थियो ।

 साधरण सभामा संस्थाका अध्यक्ष सीता भण्डारी (पौडेल) ले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना र संस्था हासिल गरेको वित्तीय सफलता समेत  प्रस्तुत गरेकी हुन् ।  अध्यक्ष भण्डारीका अनुसार सहकारीले चालू आर्थिक वर्षमा कुल शेयर पुजी ८ करोड ७० लाख ८८ हजार १ सय रहेको छ ।

बचत निक्षेप हिसाब ४५ लाख ३३ हजार २ सय १३ रुपैयाँ २२ पैसा बुद्धि भएर ५० करोड १० लाख ५१ हजार २ सय ३७ रुपैयाँ ७७ पैसा पुगेको छ । संस्थाले  चालु आर्थिक बर्षमा ९९ करोड ५२ लाख ९८ हजार ५२ रुपैयाँ ७३ पैसा बचत संकलन भएको तथा ९९ करोड ७ लाख ६४ हजार ८ सय ३९ रुपैयाँ ५१ पैसा भुक्तानी भएको जनाएको छ । योे गत बर्षको अनुपातमा ०.९१ प्रतिशतले बुद्धि भएको पौडेलले जानकारी दिएकी थिईन् । 

चतरास्थित बोलबम धर्मशालामा आयोजित कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले उद्घटन गरेका थिए । साधारणसभाको अवसर पारेर सहकारीले शेयर सदस्यहरु मध्यवाट १० जना उत्कृष्ट दुग्ध उत्पादन गर्ने कृषकहरुलाई सम्मान गरेको थियो । त्यस्तै उत्कृष्ट निक्षेपकर्ता , कर्जालगानी कर्ता , स्थापक संञ्चालक समिति , उत्कृष्ट रेमिटान्स कारोवारी , पुर्व अध्यक्ष , जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको थियो भने  स्थानीय पत्रकारहरु हिमाल राई, संन्तोष गुप्ता र बिजय राईलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा बावुराम खत्रीले  स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन उपध्यक्ष दिपक कार्कीले  गरेका थिए ।