धरान / नेपालको छिमेकी राष्ट्र भारतको ७४ स्वतन्त्रता दिवस भारतीय पेन्सन वितरण कार्यालयले समेत भव्यताका साथ मनाएको छ ।

बिहीबार धरान १३ कोलेनीमा रहेको कार्यालयमा कार्यालयका प्रमुख मेजर भरत कनौजियाले भारतको झण्डा झण्डोत्तलन गरी कार्यक्रमको शुभारम्म गरेका थिए  ।  भारतले सन् १९५० जनवरी २६ मा गणतान्त्रिक सविधान जारेको दिनलाई स्मरण गर्दै गणतन्त्र दिवस मनाउँदै आएको छ ।

सन् १९५० का दिन भारतले वृटिश साम्राज्यसँग सम्बन्ध भंग गरेको थियो भने भरतका प्रथम राष्ट्रपति राजेन्द्रप्रसादले राष्ट्रपतिको पदभार सम्हालेको दिनलाई भारतले स्वर्णिम दिनको रुपमा लिने गरेको छ ।

नेपालस्थित भारतीय राजदुतावाससँगै दुतावास मातहतमा रहेका पेन्सन वितरण कार्यालय धरानमा समेत यो कार्यक्रम भव्यतासाथ मनाइएको हो । कार्यालय प्रांगरणभित्र भएको सो कार्यक्रममा भारतीय मेजर कनौजियाले वीर सहिदहरुको सालिकमा माल्यापर्ण गरेका थिए ।

कार्यक्रमकै अवसरमा भारतीय सेनामा रहँदा वीरगति प्राप्त सेनाहरुका परिवारलाई समेत पेन्सन वितरण कार्यालयले सहयोग गरेको थियो । वीरगति प्राप्त सैनिकहरुका १० जना परिवालाई कम्बल र ४१ जनालाई सम्झनाको चिनो प्रदान गरिएको थियो । यसैगरी भूपू भारतीय सेनाहरुलाई हिडडुल गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले ११ जना भूपू सैनिकहरुलाई ह्विल चियर प्रदान गरिनुका साथै एक जनालाई वाकिङ स्टिक प्रदान गरिएको । 

गणतन्त्र दिवसकै अवसर पारेर भूपू सैनिकहरुका लागि प्रत्येक वर्ष प्रकाशित हुँदै आएको २०२२ को संस्करण समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित दिल्ली पब्लिक स्कूल र सुनसरी टेक्निकल स्कुललका विद्यार्थीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए भने भूपू आर्मीहरुलाई समावेश गरी रस्सीकस्सी प्रतियोगिताको समेत आयोजना गरिएको थियो

। कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघा, प्रदेश १ प्रहरी प्रमुख डिआइजी श्यामलाल ज्ञवाली, राष्ट्रिय अनुसन्धान विभागका डिआइजी कृष्ण खनाल लगायत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको सहभागिता रहेको थियो ।