मोरङ / एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले प्रहरी संगठनमा समयानुकूल प्रशिक्षणको आवश्यकता रहेको बताएका छन् । 

प्रहरी प्रमुख ज्ञावलीले एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको निरीक्षणको क्रममा यस्तो बताएका हुन् । उनले भने–‘प्रहरी संगठनलाई समयानकूल बनाउन आवश्यक छ, सक्षम  तथा प्रभावकारी संगठन बनाउन आवश्यक छ ।’

सो अवसरमा उनले प्रहरीलाई दिर्नेशन समेत दिएका थतए । निदेशनमा उनले प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अकम भूमिका रहेको बताउदै सक्षम र प्रभावकारी प्रहरी संगठनको उपस्थिति कायम राख्न समयानूकल परिवर्तनको खाचो रहेको ब ताएका थिए ।

उनले भने– ‘अनुशासन प्रहरी संगठनको गहना हो, तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै कार्यक्षेत्रमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्छ,  सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित सहयोग पुग्छ ।’