दुहबी / दुहबी नगरपालिका ५ मा रहेको सरस्वती माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । 

सो अवसरमा  पुरस्कार तथा छात्रवृत्ति वितरण तथा नव निर्मित भवनको समुद्घाटन गरिएको छ । 

IMG-20230206-WA0025 1

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ब्रहमप्रकाश रौनियारको सभापतित्वमा सोमबार भएको कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले विद्यालयले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै दुहबीको सम्पूर्ण विद्यालयहरुमा नैतिक शिक्षा लागू गर्ने जानकारी दिएका थिए ।

उनले यो काम स्थानीय सरकार एक्लैले गर्न नसक्ने बताउँदै अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट मात्र सम्भव हुने बताएका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक तेजप्रसाद तिम्सिनाले  विद्यालयको चौतर्फी विकासका लागि सवै एक भएर लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

IMG-20230206-WA0014

सो  अवसरमा श्री विद्यालयको विकासका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।  कार्यक्रममा दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतिवडा, दुहबी नगरपालिकाका वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, विद्यार्थी अभिभावकहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।