मोरङ / विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजमा आइतबार हाजिरीजवाफको आयोजना भएको छ । 

कक्षा – ११, १२ र विविएसका यस अघि नै कक्षागत  विजय  भएर फाइनलमा पुगेका  विद्यार्थीहरुवीच भएको अन्तिम प्रतिस्पर्धामा कक्षा – ११ जाइ सेक्सन प्रथम, सिरिस सेक्सन द्वितिय  र सुनाखरी सेक्सनले  तृतीय स्थान प्राप्त गरेका थिए । प्रथम, द्वितिय र तृतीय विजयी विद्यार्थीहरुलाई मेरिल्याण्डको वार्षिक उत्सवमा पुरस्कृत गरिने मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । 

मेरिल्याण्ड कलेजमा पठन पाठन बाहेक विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप पनि गराइने  गरेको प्रिन्सिपल ढकालले बताए । मेरिल्याण्ड कलेजकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा १२ को बार्षिक परीक्षामा नेपालमै सर्बाधिक ३.९६ जिपिए  ल्याई नेपाल प्रथम भएकी थिइन् ।

त्यस्तै विविएस तहमा पनि मेरिल्याण्ड पटक – पटक विभिन्न तहमा नेपाल प्रथम हँुदै आएको छ । मेरिल्याण्ड कलेज देशकै कलेजहरुमध्येबाट सधै टपटेनमा पर्ने व्यवस्थपन  सङ्काय  मात्र पढाइ हुने एक अग्रणी शैक्षिक संस्था मानिन्छ ।