धरान /  पिण्डेश्वर क्याम्पसमा लफडा भएकोछ। निर्वाचन प्रकृया अन्तरगत उम्मेदवारको मनोनयनका लागि मनोनयनपत्र वितरण भइसकेको अवस्थामा  नेविसंघले भने उम्मेदवारको आवेदन फारम  लिएको थिएन।केही समुहसहित निर्वाचन कार्यालयमा जबर्जस्ती प्रवेश गरेका नेविसंघका विद्यार्थीहरुले कार्यालयमा रहेका निर्वाचन अधिकृत र सदस्यहरुमाथि अभद्र व्यवहार गरेका थिए।

निर्वाचन कार्यालयबाट दस्ताबेजहरु लिएर कार्यालय तोडफोड गर्दै उनिहरुले ती दस्तावेजहरु जलाएका छन्। तोडफोड र आगजनि रोक्ने क्रममा क्याम्पसका कर्मचारी भुवन विष्टमाथि आक्रमण गर्दै नेविसंघ इकाईका सभापति प्रवेश पौडेलले टोक्न सम्म भ्याएका थिए। आक्रमण र टोकाइपछि कर्मचारि विष्टको प्राथमिक उपचार भएको र अहिले उनको अवस्था सामान्य नै रहेको बुझिएको छ।

क्याम्पसमा निर्वाचन प्रकृयामा निरन्तर अवरोध गर्दै आएको नेविसंघ भौतिक आक्रमण र अराजकतातर्फ उन्मुख भएको छ। निर्वाचन समितिले पटकपटक छलफल र सहमतिमा ल्याउने प्रयास गरेपनि उनिहरुले आफुअनुकुल निर्वाचनको गतिविधि अगाडि नबढेको बहानामा आफ्नो अवस्था निक्कै कमजोर महसुस गरेर आक्रमणमा उत्रिएको हो।