धरान । कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आइतबार  कोशी प्रदेशका १४ जिल्लामा बन्दको आवहान गरेका छन् ।

बन्दको प्रभाव कोशी प्रदेशभरि परेको छ । यसैक्रममा बन्दको प्रभाव धरानमा समेत परेको छ । बन्दकर्ताहरु विहानैदेखि सडकमै उत्रिएर सवारी साधन सञ्चालनमा रोक लगाउदै आएका छन् भने उनीहरुले दुई पांग्रे मोटरसाइकल, दुधका गाडी, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध चल्न दिएका छन् ।

331876919_2265275366978460_9164739733502949084_n

अहिलेसम्म बन्दमा कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन । सशस्त्र प्रहरी, जनपथ प्रहरीहरु धरानको मुख्य चौक भानुचौकमा तैनाथ रहेका छन् ।

विगतमा पहिचानवादीहरु एक ठाउँमा नहुदा यसको फाइदा प्रतिक्रियावादीहरुले लिएको बताउदै अहिले पहिचानवादी एक भएर आन्दोलनमा होमिएको आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवम् आन्दोलनका अभियन्ता आङकाजी शेर्पाले बताए । उनले सदियौदेखि बसोबास गरेका आदिवासीहरुको पहिचान माग्दा आर्यहरुको गोत्रको आधारमा कोशी प्रदेश राखेको प्रति आफूहरुको आपत्ति रहेको बताउदै प्रदेश नं. १ को नाम कोशी प्रदेशको पुनविचारको माग गर्दै आन्दोलनमा होमिएको बताए ।

335406166_171421922347678_5980217873946554503_n

उनले २ नंं प्रदेश मधेश प्रदेश हुने तर १ नं प्रदेश आदिवासी जनजातिको पहिचानको नाममा किन नहुने प्रश्न राख्दै यो आन्दोलन निरन्तर चल्ने र सरकार परिवर्तन गर्नेसम्मको आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

यस्तै अर्को पहिचानवादी पार्टी सघीय लोकतान्त्रिक मञ्च,  सघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमले पहिचानको विषयमा वहुमतको कुरा नआउने बताउदै नामकरणका विषयमा प्रदेश न. १ मा पहिचानवादीहरुलाई पाखा लगाएर एकैलोटी निर्णय गरेर कोशी प्रदेश लादेको आरोप लगाए । उनले पहिचानवादी एक ढिक्का भएर आन्दोलमा उत्रिएकोले यो आन्दोलनको स्वरुप कडा हुने बताए ।

सो अवसरमा उनीहरुले प्रदेशको नामाङकन लिम्बुवान ,खम्बुवान , किराँत राज्य घोषणा गर्नुपर्ने माग राखेका छन् ।

335408023_154948964100661_3873986349777991496_n

१ नं. प्रदेश पुन: पुन नामाङ्न संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका उनीहरुले शनिवार कोशी प्रदेश बन्दको पूर्व सन्ध्यामा राके जुलुस निकालेका थिए । धरान १५ किरात याक्थुङ चुम्लुङबाट १ नं. प्रदेशको नाम षड्यन्त्रपूर्ण कोशी प्रदेश राखेको भन्दै राकेजुलुस निकालेका थिए् ।  राके जुलुसपछि भानुचौकमा कोणसभाको समेत आयोजना गरिएको थियो ।

 पहिचान विरोधी होशियार, कोशी प्रदेश मान्देनौ, सम्पूर्ण पहिचानबादी एक हौ, पहिचान विरोधी नामाकरण मान्दैनौ, कोशी प्रदेश नामाकरण खारेज गर लगायतका नारा लगाएका थिए ।

१४ पहिचानवादी शक्ति संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । लिम्बुवान किराँत प्रदेश समर्थक राजनैनिक दलहरु,  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान मञ्च, संघिय समाजवादीको  लिम्बुवान राष्ट्रिय समिति, खम्बुवान साझा पार्टी नेपाल आदिवासी जनजाति महासंघ, जनता समाजवादी पार्टी लगायत  मोर्चा बनाएर आन्दोलनमा उत्रिएका हुन् ।