धरान / ५८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मार्च २१ को अवसरमा नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मूक्ति समाज धरानले दीप प्रज्ज्वलन गरेको छ । 

धरानको मुख्य बजार भानुचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गर्दै मूक्ति समाजले विभेदका विरुद्ध कानुनलाई दृढतापूर्वक कार्यान्वयन गर्न सबै पक्षले अठोट गर्नु पर्नेमा जोड दिएको छ । 

शुभकामना मन्तव्य कार्यक्रम, एमालेका प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद शेर्पाले जातीय विभेद सभ्य समाजको कलङ्क र समृद्धिका लागि प्रत्युत्पादक भएको धारणा राखे । 

दीप प्रज्ज्वलन कार्यक्रममा मूक्ति समाजका केन्द्रीय सदस्य खगेन्द्र नेपाली, नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, प्रदेश कमिटी सदस्य मुरारी सुवेदीलगायत जिल्ला र नगर कमिटीका नेतृत्वको उपस्थिति रहेको थियो ।