मोरङ /नेकपा माओवादी केन्द्रले दुई दिने कार्यशाला गोष्ठीकोको आयोजना गरेको छ ।

कोशी प्रदेश अन्तरगत स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरुका लागि माओवादी केन्द्रले दुईदिने कार्यशाला आयोजनासँगै प्रशिक्षण दिएको छ ।

बजेट निर्माण र बजेट निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, सुशासन र संघीय प्रणालीको प्रभावकारिताका विषयमा प्रशिक्षण दिइएको माओवादी केन्द्रका एक नेताले बताए । 

माओवादी केन्द्रले विगतदेखि नै राजनीतिक प्रशिक्षणमा जोड दिँदै आएको छ ।

भेलामा विशेष गरी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका कार्यकर्ताहरु सहभागी थिए । 

नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेल, संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली र अर्थविद् हरि रोकाले जनप्रतिनिधिहरुका लागि सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।

पार्टी सदृढीकरण, माओवादी केन्द्रबाट जनप्रति बनेकाहरुले सरकार र सदनमा खेल्नुपर्ने भूमिका र प्रभावकारिता लगायतका कुरामा प्रशिक्षण दिइएको सहभागी एक कार्यकर्ताले बताए । 

नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिएलगतै हरेक जिल्लाका पार्टी कार्यकर्ताहरुलाई यस विषयमा प्रशिक्षण दिने तयारी गरेको पनि गरेको छ । त्यसका लागि हरेक जिल्लामा प्रशिक्षकहरु तयार पार्ने तथा वडा र सेल कमिटीसम्मका कार्यकर्ताहरुलाई कार्यशालामा सहभागी गराएर यस विषयमा प्रशिक्षण दिने तयारी गरेको जनाइएको छ ।