बराहक्षेत्र /   सुनसरीको बराहक्षेत्र  नगरपालिकामा छैटौं संस्करणको अन्तराष्ट्रिय भरौल आमन्त्रित गोल्ड कप बुधबारबाट आयोजना हुने भएको छ ।

 वडा नं ५ स्थित कालाबञ्जरमा स्थानीय न्यु स्टार क्लबको  आयोजनामा चैत्र १५ गतेदेखि २२ गते सम्म प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । 

प्रतियोगितामा भारतका दुई क्लव आमुक्त परिवार दार्जिलिङ र कञ्चनजंगा फुटबल क्लव सिलगुडी सहित काठमाडौको २ टिम र चितवन , मोरङ्ग, सुनसरीका टिमहरु सहभागी हुनेछन् ।

 जसमा काठमाडौका  डिवाईन व्याईज युनियन र  क्षमादेवि प्यालिङग व्याईज युनाईटेड , चितवनको केबिए ग्लोवल फुटबल क्लव , मोरङ्गको एन्फा मोरङ्ग,  सुनसरीको राष्ट्रिय जनजागृती क्लव र आयोजक न्यु स्टार फुटवल क्लवको सहभागी हुनेछन् ।

11111

प्रतियोगिताको बारेमा सोमवार पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन । प्रतियोगिता जगन्नाथ डेजराज जनता माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजना हुनेछ । उद्घाटन खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एन्फा मोरङ्गबीच हुनेछ ।

प्रतियोगितामा कुल  ५५ लाख  ५१ हजार  लागत अनुमान गरिएको छ ।  प्रतियोगितामा विजेता हुने टिमले ४ लाख र  उपविजेता टिमले २ लाख सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वउत्कृट खेलाडीले २५ हजार र बिधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार दैनिक म्याच अफ द म्याच ५ हजार प्रदा नगरिने आयोजकले जनाएको छ

नयाँ खेलाडीलाई प्रोत्साहन, खेल कौशल प्रस्तुतीसँगै दुव्यर्सन मुक्त समाजको निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक बराहक्षेत्र नगरपालिका वडा नं ५ का अध्यक्ष रोहित काफ्लेले बताए । कालाबञ्जरमा आयोजना हुने  अन्तराष्ट्रिय आमन्त्रित भरौल गोल्डकप  वराहक्षेत्रको गौरब र प्रतिष्ठित फुटबल प्रतियोगिता समेत भएको काफ्लेको भनाई छ ।

संयोजक काफ्लेले खेल सम्पन्न भएको २० दिन भित्र यसैगरी पत्रकार सम्मेलन गरेर आय ब्याय सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गरेका छन । आर्थिक संयोजक संन्जिब डुग्गलका अनुसार खेल हेर्न आउने दर्शकहरुले पहिलो चरण खेलमा ५० रुपैयाँ र  सेमिफाइनलदेखि १ सयको  टिकट राखिएको जानकारी दिए ।