बराहक्षेत्र /  वराहक्षेत्र नगरपालिकामा सम्पन्न वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नं ३ ले हात पारेको छ । 

मङलवार सम्पन्न फाइनल खेलमा वडा नं १ लाई १ गोलको बिरुद्ध २ गोलको अन्तरले पराजित गर्दै वडा नं ३ ले उपाधि हात पारेको हो । 

उपाधिसंगै वडा नं ३ ले  २ लाख १ हजार सहित ट्रफी हात पारेको छ । 

त्यस्तै उपबिजेता बनेको वडा नं १ ले १ लाख १ हजार प्राप्त गरेको छ । तेस्रो बनेको वडा नं २ ले ५१ हजार र चौथौ बनेको वडा नं ७ ले २५ हजार प्राप्त गरेका छन् ।

बिजेता टिमलाई नगर प्रमुख रमेश कार्की , प्रमुख प्रशाशकीय अधिकृत ऋद्बि प्रकाश सिटौला लगायत वडाध्यक्षहरु जनप्रतिनिधि , राजनीति दलका प्रतिनिधिहरुले पुरस्कार रकम, ट्रफी , म्याडल र प्रमाण पत्र वितरण गरेका थिए । वराहक्षेत्र – ७ देविघाट स्थित वसन्तऋतृ माध्यमिक बिद्यालयको खेलमैदानमा सम्पन्न प्रतियोगितामा सर्वउत्कृट खेलाडी बराहक्षेत्र वडा नं ३ रोशन भुजेल घोषित भए ।

उनले २१ हजार सहित ट्रफी  प्राप्त गरेका थिए । उच्च गोलकर्ता नौ गोल गरेका वडा नं २ का दिपेश तामाङ्ग घोषित उनले ५ हजार प्राप्त गरे  भने  अनुशाशित टिम वडा नं ४ घोषित भएको थियो । उनीहरुले  ११ हजार प्राप्त गरे ।

उत्कृष्ट डिफेन्स वडा नं १ का अविषेक श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर वडा नं ७ रविन राई, उत्कृष्ट फर्वड वडा नं ३ यसराज बिक, उत्कृष्ट गोल रक्षक वडा नं ३ निसान थापा, राईजिङ खेलाडी वडा नं १ का  प्रसन्न राई, उत्कृष्ट प्रशिक्षक वडा नं ३ अमृत बस्नेत भएका थिए ।

विधागत उत्कृष्ट खेलाडीले पाच हजार सहित ट्रफी हात पारेका थिए ।  फाइनल खेलको म्यान अफ द म्याच वडा नं ३ का अनिस लिम्बू   घोषित भए । उनले नगर २ हजार १ सय सहित ट्रफी प्राप्त गरेका थिए । 

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा प्रतियोगिता सुरु भएको हो ।