धरान / न्यायको पहुच सर्वसाधारणसम्म पुर्‍याउन जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्धन्यायिक निकायको न्यायिक कार्यसम्पादन सम्बन्धी अन्तरक्रियाको सम्पन्न गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहमा भएका न्यायिक समितिमा रहेका संयोजक उपप्रमुख लगायत समितिका सदस्यहरु, सुनसरी जिल्लाका वकिलहरु, प्रहरी प्रशासनको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको र्हो 

जिल्ला प्रशासन कार्यालयले न्यायमा सर्वसाधारणलाई पहुच पुर्‍याउने अभिभाप्रयले यो कार्यक्रम राखिएको जनाएको छ । कार्यक्रममा सुनसरी जिल्लाका १२ वटा स्थानीय तहका उप्रमुख, सदस्यहरु ल्गायत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रजिअ, जिल्ला अदालतका वकिलहरुको सहभागिता रहेको थियो ।

सो अवसमा बोल्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले न्यायलाई सहज बनाउन प्रहरीले सर्वसाधारणलाई न्याय दिनका लागि स्थानीय तहको न्यायायिक समितिसँग समन्वय गरेर अगाडि बढेको बताए । उनले प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो काम गर्दै आएको बताए ।

उनले भने–‘प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहको न्यायिक समितिसँग समन्वय गरेर न्यायको काम गर्दै आएको छ, स्थानीय सरकारले प्रहरीलाई सहयोग पनि पु¥याएको छ, हामी उहाँहरुलाई धन्यवाद दिन्छौं ।’

सो अवसरमा जिल्ला अदालत सुनसरीका न्यायाधिवक्ता एकराज अधिकारीले फौजदारी कानुनलगायतका कुरामा केन्द्रीय रहेर अर्धन्यायिक समितिका पदाधिकारीहरुलाई जानकारी गराएका थिए ।             

उनले फौजदारी कानुनमा कस्ता कस्ता कुराहरु पर्न जान्छन्, स्थानीय सरकारबाट बनेको न्यायिक समितिले कस्ता कस्ता मुद्दाहरु मिलाउन सक्छन् लगायतका विषयमा अर्धन्यायिक समितिलाई जानकारी गराएका थिए ।

कानुनका विषयमा जानकारी गराउने उद्देश्यले यो कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रजिअ हुमकला पाण्डेले बताइन् । अर्ध न्यायिक समितिहरुलाई यस्ता कार्यक्रमले न्याय सम्पादनमा सहयोग पुग्ने उनको भनाई थियो ।