धरान / धरान ११मा रहेको भिक्टोरी रेसिडेन्सियल स्कुलले वार्षिकोत्सवको अवसर पारेर  प्रोत्साहन स्वरुप विभिन्न विधामा उत्कृष्ट पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

स्कुलले बुधबार ३४ औं वार्षिकोत्सवको अवसर पारेर जुनियर र सिनियर कक्षाका कक्षामा टप ल्याउने विद्यार्थी, आउट स्टेन्डिङ, हेड राइटिङ, सफा सुग्घरमा उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साह स्वरुप पुरस्कृत गरेको हो ।

5

धरान उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष लोकेन्द्र फागोको प्रमुख आतिथ्यमा सम्पन्न ३४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको स्कुलका अध्यक्ष विनोदकुमार राईले बताए ।

उनका अनुसार, बार्षिक परीक्षामा कक्षा ७ बाट उत्कृष्ट नम्बर ल्याएर टप बनेका सिनियरतर्फ टपर बन्न सफल विद्यार्थी कक्षा ८ का अकिल तिम्सिना र जुनियरतर्फ कक्षा १ बाट उत्कृष्ट नम्बर ल्याएर २ मा उत्तीण भएका उमंग राईलाई पुरस्कृत गरिएको हो । 

2

पढाइका अलवा स्कुलमा वर्षभरिमा सबैभन्दा बढी उपस्थित हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । जसमा कक्षा ९ की सन्ध्या साह, कक्षा ८ का जीवन भुजेल र कक्षा ४ की मन्सिका लिम्बु रहेकी छन् ।

यसैगरी आउट स्टेन्डिङ विधामा तीन जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने विद्यार्थीमा कक्षा ९ का सन्ध्या साह, कक्षा ८ का जीवन भुजेल र कक्षा ४ का मन्दिरा लिम्बु रहेका छन् । यसैगरी उत्कृष्ट हेन्ड राइटिङ विधामा सौरभी राई, अयुवा राई, कृष्टिका राई र युनिशा राईलाई पुरस्कृत गरिएको थियो ।

3

यसैगरी सफासुग्घर विधामा ७ जना विद्याथीरुलाई स्कुलले पुरस्कृत गरेको थियो । जसमा  दीपशिखा रिजाल, श्रेया लिम्बू, अनिसा तामाङ, नुमा लिम्बू, प्रथा राई, रियाङजङ राई र सुयशा राई रहेका छन् ।

उनीहरुलाई प्रमुख अतिथि धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदकुमा राई, नेपाल मगर संघ धरान नगर समितिका अध्यक्ष चित्र थापा मगर लगायतले पुरस्कार वितरण गरेका थिए ।

339835477_889275248833166_3954649439670004432_n 

सो अवसरमा बोल्दै धरान ११ वडाध्यक्ष फागोले यो विद्यालय अन्य विद्यालयभन्दा पृथक भएको पाइएको बताए । नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत अगाडि रहेकोे बताए । उनले विद्यार्थीलाई प्रोत्साहन गर्न कक्षा टपदेखि अन्य विधामा पुरस्कृत गरेर विद्यार्थीहरुको हौसला बढाउने काम गरेको बताए ।