धरान /  धरान १ मा रहको स्पार्क फाइभ अस्पताले ९ औं बार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

शिविरमा बेलायत र अमेरिकामा समेत स्वास्थ्य क्षेत्रमा काम गरिसकेका डा.सुनिलकुमार पौडेलबाट शिविरमा आउनेहरुलाई चेकजाँच गरिने भएको छ ।

विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने शिविरमा ढाँड, कम्मर,  गर्धन, जोर्नी दुख्ने, नशा च्यापिएको लगायतका समस्या भएका विरामीहरुको चेकजाँच गरिने अस्पतालले जनाएको छ । 

लामो समयदेखि उपचार गराउन नपाएकाहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो । शिविरमा बाथरोग, युरिक एसिड, शरीर झमझमाउने, प्यालाइसिस, मुख बाँगिएको उपचारसँगै फुलबडी मसाज र स्टिमको व्यवस्था गरिने भएको छ ।

अस्पतालका अनुसार शिविरमा आएकाहरुलाई ल्याव परीक्षणमा २० प्रतिशत, निःशुल्क औषधि वितरण, उपचार तथा वेड भर्नामा १० प्रतिशत छुटको व्यवस्था बार्षिकोत्सवको अवसरमा गरेको अस्पतालले जनाएको छ ।