धरान /  एम्स एकेडेमीले शनिबार आयोजना गरेको ‘एम्स आइडल’ को छैठौँ संस्करणमा गायनतर्फ सुपिल उदास र नृत्यतर्फ पुष्पा विश्वकर्माले उपाधि हात पारेका छन् ।

एम्स एकेडेमीमा अध्ययनरत् विद्यार्थीहरूबीच हरेक वर्ष गराइने सो प्रतियोगितामा गायनतर्फ दोस्रो प्रनोज राई भएका छन् भने प्रतीक्षा शाक्य तेस्रो हुन सफल भएकी छन् । यसैगरी, नृत्यतर्फ दोस्रो र तेस्रो क्रमशः अनिषा मगर र सुवज्ञा बस्नेत भएका छन् । सोही कार्यक्रमको अवसरमा आइडलका विजेताहरूलाई ट्रफी प्रदान गरिएको थियो ।

341751713_909795740233312_8069241550974396603_n

कार्यक्रमका प्रमुख अतिथि हिसानका केन्द्रीय सदस्य मुकुन्द घिमिरे, हिसानकै सुनसरी अध्यक्ष सागर भट्टराई, एम्स प्रालिका अध्यक्ष प्रकाश राई, प्राचार्य मित्र तामाङलगायतले उनीहरूलाई ट्रफी वितरण गरेका थिए । विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि मञ्च प्रदान गर्न यस प्रकारको कार्यक्रम आयोजना गर्ने गरिएको एम्सका व्यवस्थापन संयोजक दुर्गा सुवेदीले बताए ।

342212417_761295242076548_8799811019695618777_n

कक्षा १२ का विद्यार्थीहरूको विदाइका लागि कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा ‘एम्स आइडल’ पनि जोडिएको थियो । त्यस क्रममा कक्षा ११ का विद्यार्थीहरूले अप्रतियोगी रूपमा पनि विभिन्न गीत र नृत्य प्रस्तुत गरेको स्नातक तह संयोजक हेमन्त भण्डारीले जनाए ।

342730976_577193024202214_3610736778185896679_n 

341706253_246583171225310_825384668367197716_n