धनकुटा /  धनकुटा नगरपालिका वडा नम्बर १ स्थित एक घरमा आगलागि हुँदा १७ लाख भन्दा बढीको धनमाल गलेर नस्ट भएको छ । 

सोमवार बिहान हिले स्थित हरीयालि टोलका भिम बहादुर बस्नेतको घरमा आगलागी भएको थियो । आगलागीमा परेर घरमा रहेको सम्पुर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घरमा सञ्चालन गरिएको फर्निचर उद्योग समेत जलेर नस्ट भएको छ । घरमा कोही नभएको अवस्थामा बिहान ७ बजे तिर आगलागि भएको थियो । स्थानियबासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरेपनि समयमै आगो नियन्त्रण गर्न नसक्दा क्षति भएको हो । घरमा काही नभएका कारण घर तथा फर्निचरको सामाग्री निकाल्न नपाईएको पीडित बस्नेतले बताए । 

बिद्युत सर्ट भई आगलागि भएको प्रहरीचौकी हिलेका इन्चार्ज प्रहरी नायब निरिक्षक सन्तोस राना मगरले जानकारी दिए । उनका अनुसार घरमा रहेको नगद, लताकपडा अन्नपात फर्निचर उद्योगमा रहेका सामाग्री समेत गरी १७ लाख ५५ हजार बराबरको क्षति भएको छ ।