धरान  / धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ र वडा अध्यक्षहरू बिचको  विवादले धरानको विकास, निर्माण र उद्योग, व्यवसायमा पनि असर पर्ने भएकोमा सुनसरी उद्योग वाणिज्य सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

  संघका अध्यक्ष विजय श्रेष्ठले  मंगलबार एक विज्ञप्ती जारी गर्दै नगरको विकासका लागि बजेट बनाउनुपर्ने महत्वपुर्ण समयमा बैठक बस्न नसकेकोमा उद्योगी, व्यवसायीहरुको छाता संगठन दुःखी भएको पनि जनाएका छन्।

Nagar-Palika_Press-Statemetn

धरानको विकासको लागि चुनिएका जनप्रतिनिधिहरु दुई ध्रुवमा विभाजित भएर एक आपसमा आरोप, प्रत्यारोप गरिरहदा जनप्रतिनिधिहरुलाई मात्र नभै समग्र उद्योगी, व्यवसायीहरु, धराने जनता र नगरको विकासमा पनि थप गम्भीर असर पर्ने  विज्ञप्तीमा उल्लेख छ

अहिलेको  परिस्थितिमा उद्योग÷व्यवसायीहरूलाई उद्योग, व्यवसाय सुचारु रूपले सञ्चालनका लागि संरक्षण र संवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको अवस्थामा स्थानिय सरकारको रूपमा रहेको धरान उपमहानगरपालिका भित्रको आन्तरिक खिचातानीको घट्नाप्रति वक्तव्यमा चिन्ता प्रकट गरिएको छ ।

सङ्घका अध्यक्ष  श्रेष्ठको हस्ताक्षर वक्तव्यमा दुवै पक्षले लचकता देखाई वार्ता र संवादको माध्यमबाट समस्या समाधानमा लाग्न सुझाव दिँदै एक आपसको दम्भ त्यागी विधि, प्रक्रिया बमोजिम अघि बढ्न अनुरोध गरिएको छ ।