धरान / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि भएको चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का जनताले दिएको बताएका छन्। 

 सामाजिक सञ्जालमार्फत चितवन–२ का जनतालाई धन्यवाद दिँदै उनले विजेता भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि  हुने मान्यतामा सँधै प्रतिबद्ध रहने बताएका छन्। 

लामिछानेले चितवन–२ सहित  देशैभरी गर्नुपर्ने काम धेरै रहेकाले सम्पूर्ण जनताको समर्थनमा मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने बताएका छन्। 

उनले समग्रमा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले आफूहरूलाई थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्ररित गरेको बताएका छन्।