धरान / लामो समय देखि विवादमा रहेको धरान स्थित बराह बचत तथा ऋण सहकारी संस्था लि। संचालनको बाटो खुलेको छ । 

बराहको गत सोमबार भएको १२ औं विशेष साधारण सभाले बराह सहकारी पिडित संघर्ष समिती सँग गरेको १८ बुँदे करारनामा स्विकृत गर्दै अघि बढ्ने निर्णय गरे पनि सहकारी संचालनको बाटो खुलेको हो ।

संघर्ष समिती साग गरिएको १८ बुँदे सम्झौताको भावना बमोजिम सहभागिता मुलक व्यवस्थापन कायम गरेर अघि बढ्ने सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्माले प्रतिबद्धता जनाएका छन् । 

उनका अनुसार संहकारीमा नयाँ सञ्चालक समिती गठन गरि संस्थागत संरचना कामय गरी विषय विज्ञबाट संचालन गर्ने निति अवलम्बन गरिेने भएको छ । संस्थाको अधिकांश ऋण जोखिममा भएकाले अशुल उपरका लागि तरलता समस्या न्युनिकरण गर्ने निति ल्याएको उनले बताए ।

उनले भने, ‘ऋणीहरुको स्थिर सम्पति पहिचान गर्ने, सहकारी ऐन नियमावली बमोजिम सम्बन्धित निकायबाट रोक्का गरी गराई लगानी गरिएको ऋण सुरक्षित बनाउँदै अशुलीका उपायहरु अवलम्बन गर्नेछ ।’

तत्कालका लागि आधारभुत, नियन्त्रित तथा वर्गिकृत भुक्तानी व्यवस्था कायम गर्दै भुक्तानी निर्देशिका तयार गरी सबै शेयर सदस्य तथा बचतकर्तालाई सुसुचित गरी तरलता नियन्त्रित ढंगले चलाउने अवश्था सम्म लागु गरेर जाने उनले बताए ।

बराहका ऋणी प्रतिष्ठानहरुलाई उनीहरुले चलाएको ऋणको इएमआई बनाई भुक्तानी प्रक्रियामा नियमन गर्ने, सहकारी संस्थालाई छुट्टै परिसरमा स्थानान्तरण गरी विशुद्ध सहकारीको कारोबार संचालन गर्ने निति तथा उपाय अवलम्बन गरिने उनको भनाई छ । 

बराहले सम्पूर्ण शेयर सदस्य, बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेको स्वीकार्दै सहज वातावरण बनाइदिएर एक पटक मौका दिन बराह सञ्चालक समितिका पदाधिकारीहरुले अनुरोध गरेका थिए ।बराहका अध्यक्ष मानबहादुर दियालीको अध्यक्षमा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं। २ का वडाध्यक्ष रमेश राई प्रमुख आतिथ्यता रहेको थियो ।