संखुवासभा । अरुण तेस्रोको सामान बोकेर गएको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार संखुवासभाको भोटखोला ४ मा हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर दुर्घटना भएको नजिकै अरुणनदि रहेको छ ।अहिले घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धारको प्रयास गरिरहेका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।




















