विराटनगर /   खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण, ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको हो । 

प्रतियोगिताको द्धितीय भारतको दार्जेलिङ भयो । दार्जेलिङले ३ रजत र ३ कास्य पदक हात पारेको छ । तृतीय भुटान भयो । भुटानले २ रजत र ३ कास्य पदक जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा महिलातर्फ सुनसरीका पूजा चौधरी र पुरुषतर्फ  मोरङका सौरव आलेमगर घोषित भए । 

प्रतियोगितामा बिजेता हुने टिम र खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री मोदीले खेलकुद क्षेत्रमा संघीय सरकारले प्राथामिकतामा राखेको बताए । उनले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले खेलकुदको विकासमा लाग्नुपर्नेमा जोड दिए । 

 दुईदिनसम्म संचालन भएको प्रतियोगितामा नेपाल,  भारत र भुटनाका ९ टिमका २ सय बढी  खेलाडीहरुको सहभागिता रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।