धरान / मणिकपत्थर  एक मूल्यवान पत्थर हो । जुन मेष लग्नका मानिसका लागि सकारात्मक मानिन्छ । यो रत्नको धारणले सन्तान प्राप्ति तथा बौद्धिक शक्ति बढ्ने सम्भावना निकै उच्च हुन्छ । यो सिंह लग्न भएका मानिसका लागि पनि निकै फलदायी मानिन्छ ।

यसले सिंह लग्न भएका मानिसलाई सामर्थ्य प्रदान गर्नुको साथै आयु बढाउँछ । यसले धनु लग्नका मानिसका लागि धनलाभ गराउँछ ।

पश्चिमा ज्योतिषीय सिद्धान्तका आधारमा मणिक जुलाईमा जन्मिएका मानिसका लागि अतिउत्तम मानिन्छ । सामान्यतया सिंह राशि र आइतबार जन्म भएकाहरूका लागि पनि मणिक धारण फलदायी मानिन्छ ।