सुनसरी/ साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९५ हजार ८० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ९४ हजार ६ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ ।