धरान/  बिरोधको उदाहरण अन्तरास्ट्रिय जगतमा फरक फरक हुने गरेका छन् , नेपालमा भने बिरोध भन्ने बित्तिकै सडक सम्झन्छौ, अनि बन्द, हड्ताल । यश पटक भने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नयाँ ढंगले बिरोध जनाएका छन् । संसद भित्रै आफुले लगाएको लुगा फुकालेर बिरोध गरेका छन् । 

संसद बैठकमा बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्। सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेर उनले बिरोध जनाएका हुन । बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोली विरोध जनाएका हुन्। त्यससँगै संसदमा अन्य दलका सांसदहरू समेत बोल्न पाउनुपर्ने माग उठेका थिए।

सांसद सिंहले शरीरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका थिए ।

तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गरे भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरे। अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उनले दिए। हाल प्रतिनिधि सभा बैठक चलिरहेको छ।