धरान / विविएस पढ्ने विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा पनि अभिप्रेरित गर्ने उद्देश्यले विविए प्रोगाम लञ्च भएदेखि नै शुरुवात गरिएको राष्ट्रिय स्तरीय विविए फुटबल प्रतियोगिता धरानमा मंगलबारबाट शुरु हुने भएको छ ।

धरानको रंगशालामा आगामी जेष्ठ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल भरिबाट १७ वटा कलेजले प्रतिष्पर्धामा भाग लिएको  विविए संकायमा अध्ययनरत विद्यार्थीहरुहरुले सहभागिता जना विविए कार्यक्रम तथा खेलकुद कार्यक्रमका संयोजक दिपेन्द्र कार्कीले जानकारी दिएक छन् ।

प्रतियोगितामा विजेता हुने टिमले एक लाख, उपविजेता हुने टिमले ५० हजारसहित ट्रफी प्राप्त गर्ने छन् भने प्रतियोगिामा म्यान अफ म्याच, फेयर प्ले अफ द टुर्नामेन्ट, उत्कृष्ट गोल किपर, सर्वाधिक गोलकर्ता लगायतका विधामा समेत पुरस्कृत गरिने कार्कीले जानकारी दिए ।

दुई बर्ष कोरोना संक्रमणका कारण गर्न नसकेको यो प्रतियोगिता यस बर्षचाहि आयोजना गर्न लागिएको हो । दुई पटक विविए कप जितिसकेको र यस पटक पनि जितेर इतिहास रच्ने दाउँमा रहेको टिमका क्याप्टेन शुशान्त राईले बताए ।

त्रिभुवन युनभसिटीले विविए प्रोगाम लञ्च गर्दा शुरुमा काठमाण्डौ केन्द्रित प्रतियोगिता भएपनि विस्तारै नेपालभरि नै हुन थालेको हो । प्रतियोगितामा जुन क्याम्पसले जित्छ त्यही क्याम्पसले आयोजना गर्ने प्रावधान भएको यो प्रतियोगितामा ०७६ साल र त्यसअगाडि महेन्द्र वहुमुखी क्याप्सले प्रतियोगिता जितेको थियो । यस पटकको प्रतियोगिताको लागि पनि तयारीमा कुनै कन्ज्युयाई नगरेको प्रतियोगिताकका संयोजक एवम विविए कार्यक्रम महेन्द्र वहुमुखी क्याम्पसका संयोजक कार्कीले जानकारी दिए ।

विविए पढ्दै गरेका विद्यार्थीहरुलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले विविए प्रयोगिता हुदै आएको र काठमाण्डौ केन्द्रित प्रतियोगिता अहिले राष्ट्रव्यापी रुपमा सञ्चालन भएको महेन्द्र वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए ।

महेन्द्र वहुमुखी क्याम्पसले दुई पटक जित हात पार्दै प्रतियोगिता गर्ने जिम्मा पाएको उनले खुशी व्यक्त गरे । यस पटक पनि महेन्द्र क्याम्पसले नै ट्रफी हात पार्नेमा आफूहरु विश्वस्त रहेको बताए ।