धरान /  कोशीपत्र दैनिकका सम्पादक राजेश बिद्रोही कोशी प्रदेश पत्रकारिता पुरस्कार बाट सम्मानित भएका छन।

उनलाइ आइतबार कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले सम्मान गरेका हुन । उनलाइ नगद १ लाख रुपैया सहित सम्मान गरिएको हो ।

mukye-mantri-pic-(1)

बिद्रोही बिगत तीन दशक देखि धरानलाइ कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् ।  उनी सङै इलामका सटेन्द्र जवेगु, झापाका अम्बिका भण्डारी, सोमनाथ सुसेली पनि सम्मानित भएका छन् ।

चारै जनालाइ नगद १ लाख रुपैया सहित सम्मान गरिएको हो । प्रत्येक वर्ष राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रदेश र संघिय सरकारले पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।